― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsपदभार सम्हाल्दै श्रममन्त्री भण्डारीले भने- सुशासनको अनुभूति हुनेगरी काम गर्छु

पदभार सम्हाल्दै श्रममन्त्री भण्डारीले भने- सुशासनको अनुभूति हुनेगरी काम गर्छु



२६ मंसिर, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे ।

स्पेसल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको बताए ।

‘संगठित किसिमका जति पनि गिरोहहरू छन् । तिनीहरूलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीले जुन मिडियामा देखिराखेका छौं । यो जालो तोडनै पर्छ । यसका लागि एकखाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागि राखेको छ । यसका लागि सहकार्य गर्न सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरूसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ,’ उनले भने ।

मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धी अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More