― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
Homeराष्ट्रिय समाचारपठाओ राइडरको कोठामा भेटियो स्वचालित हतियार इन्सास, एक जना पक्राउ

पठाओ राइडरको कोठामा भेटियो स्वचालित हतियार इन्सास, एक जना पक्राउ



१९ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का शिवराज धमला छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । उनी पठाओ राइडर पनि रहेको खुलेको प्रहरीले बताएको छ ।

उनीबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

उक्त हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ ।

जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए । ५ सय भन्दा बढी हतियार अझै बेपत्ता छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More