― Advertisement ―

नयाँ डेटाले वास्तविक कार्यस्थलको निर्णय लिने क्रममा शुद्धता पिट्ने गति देखाउँदा उच्च कमाउनेहरूले चुपचाप एआई प्रयोगलाई सुस्त बनाउँछन्

शीर्ष कमाउनेहरूले AI काट्ने निर्णय गर्नु अघि उपकरणहरू प्रयोग गर्न नदिने पूर्वनिर्धारित गर्नुहोस्। विचारहरूकार्यकारीहरूले अब एआई कार्यप्रवाहहरूमा गतिमा शुद्धता र त्रुटि रोकथामलाई प्राथमिकता दिन्छन्मध्य-स्तरका...
HomeLatest newsपखेटा प्रत्यारोपणबाट पुतलीले पायो पुनर्जीवन (भिडियो)

पखेटा प्रत्यारोपणबाट पुतलीले पायो पुनर्जीवन (भिडियो)



१३ कात्तिक, काठमाडौं । कल्पना गर्नुस् त कुनै अशक्त व्यक्तिलाई उसका हराएका अंगहरू फिर्ता भयो भने ऊ कति खुसी होला । उसका लागि त्यो पुनर्जन्मभन्दा कम हुनेछैन । यस्तै पुनर्जन्मको अनुभूति एक पुतलीलाई पनि दिलाइदिएका छन् उद्धारकर्ताहरूले ।

अर्थात् उद्धारकर्ताहरूले उक्त पुतलीको भाँचिएको पखेटा मर्मत गरेर फेरि उड्न सक्ने बनाएका छन् । यस पखेटा प्रत्यारोपणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अमेरिकाको लङ आइल्याण्डस्थित स्वीटब्रायर नेचर सेन्टरका उद्धारकर्मीहरूले घाइते मोनार्क प्रजातिको पुतलीको पखेटा प्रत्यारोपण गरेका हुन् । उनले पुतलीको भाँचिएको पखेटालाई अर्को नयाँ पखेटाले बदलिदिए र त्यसलाई फेरि उड्न सक्षम बनाए ।

यो विशेष क्षणको भिडियो अनलाइनमा भाइरल भएको छ र मानिसहरूको मन छुने खालको बनेको छ ।

यो पुतली भाँचिएको पखेटाका कारण उड्न असमर्थ थिई र सम्भवत: बाँच्न सक्दैनथी । त्यसपछि उद्धारकर्ताहरूले अर्को एक मृत पुतलीको पखेटा प्रयोग गरेर त्यसको मर्मत गरे ।

स्वीटब्रायर नेचर सेन्टरले भनेको छ, ‘हामीले मृत पुतलीको पखेटा सावधानीपूर्वक घाइते पुतलीको भाँचिएको पखेटामा जोड्यौं र विस्तारै उसको मर्मत पूरा गर्यौं । नतिजा यस्तो भयो कि कसैले पनि भिन्न पखेटा भएको कुरा छुट्याउन सकेन । यो साँच्चिकै अद्भुत छ !’

जब पखेटा प्रत्यारोपण पूरा भयो र पुतलीले आफ्नो पखेटा फिजाएर उडान भरी, त्यहाँ उपस्थित सबैजना भावुक भए । सानो जीवलाई जीवनको दोस्रो मौका प्राप्त भयो ।

स्वीटब्रायर नेचर सेन्टरको इन्स्टाग्रामममा पोष्ट भएको यो भिडियो लाखौं पटक हेरिएको छ । मानिसहरूले उद्धारकर्मीहरूको कठिन परिश्रम, दयालु र संवेदनशीलताको प्रशंसा गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंहरू साँच्चिकै असल मान्छेहरू हुनुहुन्छ ।’

अर्कोले भनेका छन्, ‘मलाई विश्वासै लागेन यो साँच्चै सम्भव छ भनेर ! मलाई लाग्थ्यो पुतलीको पखेटा टाँसिदिँदा ऊ उड्न सक्दैन, तर यो त साँच्चै अद्भुत रहेछ !’

स्वीटब्रायर नेचर सेन्टर अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्याण्डमा रहेको नाफा–नलिने संस्था हो, जसले घाइते वा अनाथ वन्यजन्तुहरूको उपचार र पुनर्स्थापना गर्छ । यसले बालबालिका र समुदायका लागि प्रकृति र वन्यजीवनबारे शिक्षात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More