― Advertisement ―

‘म दुखी छु’: OpenAI ले ChatGPT-4o बन्द गरेको छ, र रिसाएको प्रयोगकर्ताहरूले यसलाई पुनर्स्थापना गर्न #keep4o अभियानलाई समर्थन गरिरहेका छन्

OpenAI ले आधिकारिक रूपमा असक्षम गरेको छ LOT><liChat माLOT-LiChat प्रयोगकर्ताहरूले यो स्विचको बारेमा भावनात्मक र अप्ठ्यारो महसुस गरिरहेका छन्एक आधिकारिक #keep4o अभियान चलिरहेको छहामीलाई...
HomeLatest newsन भए पूर्ण, न रहे बहादुर ! – KhabarHost

न भए पूर्ण, न रहे बहादुर ! – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न हार्दिक अपिल गरेका छन् ।
  • खड्काले विशेष महाधिवेशन माग गरिएको २९ असोजदेखि तीन महिना पछि मात्र विज्ञप्ति जारी गरेका छन् ।
  • कार्यवाहक सभापति खड्काको कमजोर भूमिकाका कारण पार्टी विवाद र नेतृत्व संकट गहिरिएको विश्लेषकहरूले बताएका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार अपराह्न एउटा विज्ञप्ति जारी गर्दै भने, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’

विज्ञप्तिको यो भाषा र सन्देशमा कांग्रेसजन मात्र होइन कांग्रेस एक भएको देख्न चाहनेहरूले पनि आपत्ति जनाउनुपर्ने कारण देखिंदैन । तर उनले यो विज्ञप्ति जारी गरिरहँदा बहुमत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन दोस्रो दिनमा चलिरहेको थियो ।

विशेष महाधिवेशन माग गरिएको हस्ताक्षर गत २९ असोजमै खड्काले बुझेका थिए । त्यस हिसाबले हेर्ने हो भने तीन अनुच्छेदको विज्ञप्ति निकाल्न कार्यवाहक सभापतिले तीन महिना लगाए ।

२०३० सालमा नेपाल विद्यार्थी संघबाट राजनीति प्रारम्भ गरेका उनले विद्यार्थी राजनीतिबाटै उदाएका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको अग्रसरतामा भएको विशेष महाधिवेशनको मर्मलाई आत्मसात् गर्न सकेनन् वा चाहेनन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएको भोलिपल्ट प्राप्त चुनौतीलाई गम्भीरतापूर्वक लिएर अवसरमा बदल्न चाहेनन् ।

सात दशक पुरानो इतिहास बोकेको पार्टी प्रमुखले बहुमत प्रतिनिधिको आवाजलाई बेलैमा सुन्न चाहेको भए पार्टी विभाजनको तहमा नपुग्ने जानकारहरू बताउँछन् ।

‘आफैंले गर्नुभयो कि सात भाइको निर्देशन मान्नुभयो थाहा छैन । तर शेरबहादुर दाइले दिनुभएको जिम्मेवारी इमानदारी साथ निभाउनुभएको भए कांग्रेस आजको अवस्थामा पुग्दैनथ्यो’, लामो समय कांग्रेस राजनीतिमा आबद्ध लेखक हरि अधिकारी भन्छन् ।

गत भदौको जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पतीमाथि अमानवीय आक्रमण भएको पाँच हप्तापछि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । कांग्रेसको विधान अनुसार मंसिरमा केन्द्रीय समितिको कार्यावधि सकिंदै थियो ।

त्यही बीचमा महामन्त्रीद्वयको अगुवाइमा ५४.५८ प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशन माग गरे । तर त्यसलाई कार्यवाहक सभापतिले गम्भीरतापूर्वक लिएको नदेखिएको लेखक अधिकारीको विश्लेषण छ ।

उनी भन्छन्, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको पत्र दिएपछि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने थियो । उहाँले आफ्नो भूमिका निर्वाह गर्न सक्नुभएन ।’

खड्का नेविसंघको त्रिवि सभापति हुँदै पार्टीको विभिन्न तहमा बसेर नेतृत्व विकास गरेका नेता हुन् । उनी पार्टीको साधारण सदस्य, क्रियाशील सदस्य, जिल्ला समिति सभापति हुँदै २०६४ सालमा केन्द्रीय समिति सदस्य, २०७० मा सहमहामन्त्री, २०७५ मा महामन्त्री र २०७८ मा उपसभापति बनेका थिए ।

२०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारका क्रममा ३० दिन र २०४६ सालको जनआन्दोलनका क्रममा तीन महिना थुनामा परेका उनी पटक-पटक सांसद भए । गृहमन्त्री बने । तर उनको इमान्दारितामा प्रश्न उठेन ।

खड्काले पार्टी सत्ता र राज्य सत्तामा सँगालेको अनुभव कार्यवाहक सभापतिको कार्यसम्पादनमा भने खासै काम लागेको देखिएन । महामन्त्री थापाले पुस ९ मै खड्कालाई नाममात्रको कार्यवाहक भनिसकेका थिए । कार्यसम्पादन समितिको बैठकपछि थापाले भनेका थिए, ‘सभापतिले कार्यवाहक दिनुभएको छ, नाम मात्रको कार्यवाहक दिनुभयो । आजको बैठकमा आउनुभएको छैन तर, सबै शक्ति उतै (शेरबहादुर देउवामै) छ ।’

महामन्त्री थापाको ठाडो चुनौतीपछि पनि खड्काले आफूलाई वास्तविक कार्यवाहकको रूपमा अघि बढाउन सकेनन् । विशेष महाधिवेशन सुरु भएयता पार्टीमा २६ औं वरीयतामा रहेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको जति पनि भूमिका नदेखिएको कांग्रेसका एक नेता बताउँछन् ।

थापाका अनुसार खड्काको भूमिका कमजोर भएकै कारणले संस्थापन पक्षको तेजोबध भयो । विशेष महाधिवेशनको विपक्षमा रहेका एक केन्द्रीय सदस्य भने सभापति र महामन्त्रीहरूको विवादको बीचमा परेका खड्कालाई दोष दिनु सही नहुने बताउँछन् । उनी भन्छन्, ‘उहाँले आफूले सकेको गर्नुभएकै छैन भन्ने लाग्दैन, यत्रो विवादमा दोष जति पूर्णबहादुर दाइलाई दिएर अरु चोखिन चाहिं मिल्दैन ।’

नियमित महाधिवेशनको पक्षमा रहेका महाधिवेशन प्रतिनिधि लोकेश ढकाल महाधिवेशन विवादमा मात्र होइन समग्रतामै खड्काको भूमिका सबल नदेखिएको बताउँछन् । उनी कमजोर भएकैले कार्यवाहक सभापति पाइसकेपछि पनि निर्वाचन आयोगमा हस्ताक्षर देउवाकै चलाउने निर्णय भएको उनको निष्कर्ष छ ।

कार्यवाहक पाइसकेपछि पनि उनले देउवाकै निर्देशन शिरोधार्य गरिरहेको ढकालको आरोप छ । उनी भन्छन्, ‘महाधिवेशन विवादमा रुमलिएका अन्य नेताहरू आलोचना योग्य छैनन् भनेको होइन तर पूर्णबहादुरजीले जिम्मेवारी अनुसारको ह्याउ देखाउन सकेको भए यो अवस्था नआउने पक्का थियो ।’

बुधबार कार्यवाहक सभापति खड्काकै सभापतित्वमा बसेको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन निर्णय गर्‍यो । ‘कारबाहीको निर्णय त के गाह्रो छ र ? पार्टी यहाँसम्म पुग्नसक्छ भन्ने दूरदर्शिता नहुनेहरूलाई कसरी नेतृत्व स्विकार्ने ?’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् । उनी कार्यवाहक सभापतिले पार्टी जोगाउने विषयमा बोल्ड निर्णय लिन नसकेको बताउँछन् ।

पार्टी विवादमा मात्र होइन निर्वाचन तयारी, अन्य दलसँगको वार्ता लगायतका विषयमा पनि कार्यवाहक सभापतिको भूमिका नदेखिएको नेताहरू बताउँछन् । कार्यवाहक सभापति कमजोर भएकै कारणले देउवा सहजै पार्टीमा पुनः सक्रिय हुन सफल भएको नेताहरूको निष्कर्ष छ ।

पार्टी सभापतिका आकांक्षी खड्का आफूलाई कृष्णप्रसाद भट्टराईको अनुयायी भन्न रुचाउँछन् । भट्टराईले कार्यवाहक सभापतिकै रूपमा १९ वर्ष कांग्रेसको नेतृत्व गरे । त्यस्तै जिम्मेवारी पाउँदा खड्काले भने आफूलाई अब्बल साबित गर्न सकेनन् ।

२०५१ साउनमा गिरिजाप्रसाद कोइरालाले नयाँ पार्टी घोषणाका लागि भेला बोलाएका थिए । दोस्रो दिन कार्यवाहक सभापति भट्टराई टुप्लुक्क भेलामा उपस्थित भए । त्यसपछि विभाजनको डिलमा पुगेको कांग्रेस जोगियो ।

यसले पनि प्रस्ट्याउँछ कांग्रेसमा कार्यवाहक सभापतिको भूमिका । तर खड्का भने कुर्सी नै खाली राखेर मञ्चबाटै आह्वान गर्दा पनि विशेष महाधिवेशनमा पुगेनन् । लेखक अधिकारी भन्छन्, ‘किसुनजीले कार्यवाहक सभापतिको जिम्मेवारी पाउँदा सानदार तरिकाले चलाउनुभएको थियो । पूर्णबहादुरजीले पनि मौका त पाउनुभएकै हो तर, आफ्नो कर्तव्य पूरा गर्न सक्नुभएन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More