― Advertisement ―

म Oura Ring 5 को परीक्षण गर्दै छु – एउटा प्रश्न छ? मलाई भन्नुहोस् कि तपाई संसारको सबैभन्दा सानो स्मार्ट औंठीको बारेमा के जान्न...

TechRadar हाम्रो live-upA को नेतृत्वमा चलिरहेको छ। समीक्षा गर्नुहोस्तपाईलाई कुन कुराको बारेमा सुन्न धेरै रुचि छ तल टिप्पणी दिनुहोस्तपाईँले प्रश्न र उत्तर बन्द हुनु...
HomeLatest newsनोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी गिरफ्तार

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी गिरफ्तार


फाइल फोटो



२७ मंसिर, काठमाडौं । इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई गिरफ्तार गरेको छ ।

नरगिस फाउन्डेसनले उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको जनाएको छ । फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मशहदमा अन्य कार्यकर्ताहरूका साथ सुरक्षा बलले गिरफ्तार गरेको हो ।

नोबेल कमिटीले मोहम्मदीको गिरफ्तारीबाट अत्यन्तै चिन्तित रहेको बताएको छ । कमिटीले सुरक्षा अधिकारीसँग मोहम्मदीलाई जहाँ राखिएको भए पनि जानकारी दिन अपील गरेको छ । मोहम्मदीको सुरक्षा र सम्मान सुनिश्चित गरेर उनलाई बिना शर्त रिहा गर्नुपर्ने कमिटीको माग छ ।

इरान सरकारका तर्फबाट भने मोहम्मदीको गिरफ्तारीबारे कुनै धारणा सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।

मोहम्मदीलाई इरानमा महिलामाथि हुँदै आएको दमनविरूद्धको संघर्ष र मानवाधिकारको पक्षमा वकालत गरेको भन्दै सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । मोहम्मदीले कयौं सजायको सामना गर्दै आएकी छन् ।





Read More