― Advertisement ―

LinkedIn ले अब तपाइँलाई तपाइँका सबै मनपर्ने कार्यस्थल एपहरूसँग तपाइँसँग कस्तो सीपहरू छन् भनेर देखाउन दिनेछ

तपाईँको लिङ्क गरिएको एपहरूसँग स्वचालित रूपमा अपडेट हुनेछ। सीपहरूAdobe र GitHub चाँडै समर्थित सूचीमा थपिँदै छLinkedIn का १.३ बिलियन प्रयोगकर्ताहरू छन्, त्यसैले यसले तपाईंलाई...
HomeLatest newsनेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित, बीमा शुल्क १० प्रतिशत बढ्यो

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित, बीमा शुल्क १० प्रतिशत बढ्यो


राष्ट्रिय

समाचार.

  • नेसनल लाइफ इन्स्योरेन्सको साधारण सभाले ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • कम्पनीको कुल बीमा शुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड पुगेको र कुल बीमा करार दायित्व ९४ अर्ब ५८ करोड पुगेको छ।
  • नेसनल लाइफले हिमालयन बैंकको १३.६१ प्रतिशत सेयर खरिद गरी लगानी बढाएको र नेसनल क्यापिटलले ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

३० पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट यसअघि घोषित लाभांश पारित भएको छ ।

कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर दिने यसअघिको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न साधारणसभाले अन्य वित्तीय विवरण पनि पारित गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड पुगेको छ । समिक्षा वर्षको संचालनबाट १४ अर्ब ९८ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९४ अर्ब ५८ करोड पुगेको छ ।

यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवम् आंशिक अवधि समाप्ती दावी, समर्पण मूल्य, दावी एवम् अन्य दावी भुक्तानीमा ९ अर्ब ४८ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकम नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर दीर्घकालीन क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीको कुल लगानी समीक्षा वर्षमा ११.०४ प्रतिशतले वृद्धि भई वर्षान्तमा ७७ अर्ब ९०.२० करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । ‘कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ, आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ’ नेसनल लाइफले भनेको छ ।

कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गरेको छ । उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ ।

यसैगरी कम्पनीले मर्चेन्ट बैंकरको रुपमा प्रबद्र्धन गरेको सहायक कम्पनी नेसनल क्यापिटलले आवश्यक इजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ । सो कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।





Read More