― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest newsनेफ्स्कुन सञ्चालक समिति नै एमाले महाधिवेशन प्रचारमा 

नेफ्स्कुन सञ्चालक समिति नै एमाले महाधिवेशन प्रचारमा 


एमालेको एघारौं महाधिवेशनमा सहभागी बायाँबाट क्रमश: नेफ्स्कुन सञ्चालक समिति सदस्य शोभाकुमारी राउत, शालिकराम ढकाल, लेखा समिति सदस्य दुर्गा तिवारी सञ्जेल, वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालक गोपाल गौतम, महासचिव घनश्याम अधिकारी, सञ्चालक मन्दिरा मिश्र, हेमराज विष्ट र उपाध्यक्ष शान्ति अधिकारी । तस्वीर : सामाजिक सञ्जाल ।


राष्ट्रिय

समाचार.

  • सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) सञ्चालक समितिका अधिकांश सदस्य नेकपा एमालेको ११औं महाधिवेशनमा सहभागी भएका छन्।
  • नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी र महासचिव घनश्याम अधिकारी महाधिवेशनमा आफ्ना नेताको प्रचारमा सक्रिय देखिएका छन्।
  • नेफ्स्कुनका पदाधिकारी र सदस्यहरूले पार्टीगत राजनीतिमा सक्रियता जनाएका छन् र यसले सहकारी क्षेत्रमा समस्या जटिल बनाएको गुनासो सुनिन्छ।

१ पुस, काठमाडौं । सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) सञ्चालक समितिका अधिकांश सदस्य नेकपा एमालेको महाधिवेशनमा सहभागी रहेको पाइएको छ ।

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्षदेखि सञ्चालकसम्मले आफ्नो पार्टीगत  राजनीतिक सक्रियता स्पष्ट हुने गरी महाधिवेशनमा खटेको पाइएको हो ।

नेकपा एमालेको ११औं महाधिवेशन २८ मंसिरदेखि काठमाडौंमा जारी छ । उक्त महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्ने छ । नेफ्स्कुन पदाधिकारी पनि आ–आफ्ना नेताको चुनावी अभियानमा सक्रिय भएका हुन् ।

मंगलबार भृकुटीमण्डपमा चलिरहेको महाधिवेशनमा आफ्ना नेतालाई भाट माग्दै गरेको अवस्थामा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी तथा महासचिव घनश्याम अधिकारी भेटिएका हुन् ।

त्यसैगरी नेफ्स्कुनका सदस्यहरू मन्दिरा मिश्र तथा हेमराज विष्ट र किसान कल्याण सहकारी अध्यक्ष रहेका शालिकराम ढकाल पनि पार्टी राजनीतिमा सक्रिय देखिएका हुन् ।

त्यस्तै मधेश प्रदेशबाट नेफ्स्कुन सञ्चालक समिति सदस्य शोभाकुमारी राउत, कोशी प्रदेशबाट सञ्चालक लक्ष्मी सापकोटा, लेखा समिति सदस्य दुर्गा तिवारी सन्जेल, गण्डकी प्रदेशबाट सञ्चालक गोपाल गौतम पनि महाधिवेशन प्रचारमा सक्रिय देखिए ।

नेफ्स्कुन तथा राष्ट्रिय सहकारी महासंघ पूर्वअध्यक्ष मिनराज कँडेलले एमाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोख्रेल तथा सञ्चालक विजया धितालले केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका छन् ।

सहकारी क्षेत्रमा पार्टीगत राजनीतिले पनि समस्या जटिल बनाएको पीडितहरूको गुनासो आउने गरेको सुनिन्छ । एमाले महाधिवेशनमा नेफ्स्कुनका अधिकांश बोर्ड सदस्यको सहभागिताले त्यसलाई पुष्टि पनि गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More