― Advertisement ―

गोदामहरू चुपचाप रोबोट-संचालित प्रणालीहरूमा रूपान्तरण हुँदैछन् जहाँ मानिसहरू बिस्तारै दैनिक रसद सञ्चालनहरूमा वैकल्पिक हुँदैछन्।

एआई फिनिङवेयर फिनिङवेयर निरन्तर सञ्चालनको माध्यमबाट सञ्चालन हुन्छ प्रणालीहरूरोबोटहरूले आधुनिक गोदाम वातावरण भित्र मुख्य रसद कार्यहरू बढ्दो रूपमा ह्यान्डल गर्दछमानव श्रम नियमित कार्यान्वयनको सट्टा...
Homeनेपाल सम्वत् प्रारम्भ – KhabarHost

नेपाल सम्वत् प्रारम्भ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल सम्वत् ११४६ को प्रारम्भ ५ कात्तिक, काठमाडौंमा राष्ट्रिय विभूति शंखधर सा:ख्वाले गरिब जनताको ऋणमोचन गरी सुरु गरेको थियो।
  • नेपाल सम्वतलाई नयाँ वर्षका रूपमा नेवार समुदायले काठमाडौँ, ललितपुर, भक्तपुर लगायत क्षेत्रमा विशेषरूपमा मनाउने गर्छन्।
  • २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

५ कात्तिक, काठमाडौं। नेपाल सम्वत् ११४६ प्रारम्भ भएको छ।

राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए। नेपाल सम्वतका अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा र्‍यालीका साथै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सा:ख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरे। कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More