― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
HomeLatest newsनेपाल ट्रस्टका पूर्वसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

नेपाल ट्रस्टका पूर्वसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति



२३ कात्तिक, काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।

६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।

उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले जानकारी दिए ।

संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।





Read More