― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

HomeLatest newsनेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

नेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा


राष्ट्रिय

समाचार.

  • अखिल नेपाल फुटबल संघले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ए डिभिजन लिग आयोजना गर्ने तयारी गरेको छ।
  • नेपाल जेन-जी फ्रन्टले एन्फाको निर्णयलाई नेपाली फुटबलको भविष्यमाथि खुला हमला र अधोगतिको प्रतीक भनेको छ।
  • जेन-जी फ्रन्टले एन्फा नेतृत्वको राजीनामा माग गर्दै समयमै लिग सञ्चालन गर्न नसक्ने निर्णयप्रति आपत्ति जनाएको छ।

१८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति जनाएको छ।

जेनजी अभियन्ता रक्षा बमको नेतृत्वमा रहेको जेनजी फ्रन्टले मंगलबार विज्ञप्ति जारी गर्दै एन्फाको यो निर्णय नेपाली फुटबलको भविष्यमाथिको खुला हमला भएको र अधोगतिको प्रतीक भएको टिप्पणी गर्दै एन्फा नेतृत्वको राजीनामाको माग गरेको छ।

‘यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबल माथि गरेको भ्रष्टाचार हो’ सञ्चार समितिका यतिश ओझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको फुटबल लिग संरचना ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनको एक चक्रमा आधारित छ । यी लिगहरू नेपाली फुटबलका मेरुदण्ड हुन् । यी लिग खेलाडीका सपना हुन् र फुटबलप्रेमी नेपाली दर्शकको आत्मा हो । तर यसलाई वर्षोंसम्म रोक्ने एन्फाको यो निर्णयले हामी नेपाल जेन-जी फ्रन्ट सहित सम्पूर्ण खेलकुदप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ।’

फ्रन्टले समयमै लिग सञ्चालन गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र फुटबललाई कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न अनुरोध गरेको हो ।

यसअघि सोमबार एन्फा र ए डिभिजन क्लबबीच भएको छलफलपछि यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ए डिभिजन लिग सुरु गर्ने सहमति भएको थियो ।

यस निर्णयप्रति फुटबल खेलाडी एवम् समर्थकहरूबाट चर्को आलोचना हुन थालेको छ ।





Read More