― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsनेपाल-कतार आर्थिक सहकार्य परिणाममुखी बनाऔं : महासंघ – KhabarHost

नेपाल-कतार आर्थिक सहकार्य परिणाममुखी बनाऔं : महासंघ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई ठोस लगानी र संयुक्त परियोजनामा रूपान्तरण गर्नुपर्ने बताए।
  • कतार चेम्बर अफ कमर्स अध्यक्ष शेख खलिफा बिन जासिमले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
  • ढकालले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, पूर्वाधार र स्वास्थ्य क्षेत्रमा लगानीका अवसर उपलब्ध रहेको जानकारी दिनुभयो।

२१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्रबीच सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल-कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गरे ।

‘नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ,’ ढकालले भने, ‘कतारमा कार्यरत नेपाली श्रमिकको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ ।’

ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे ।

उनले अक्टोबर २०२३ मा कतारका अमिरको नेपाल भ्रमण क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ पूर्णरूपमा तयार रहेको जानकारी दिँदै यसलाई छिट्टै अन्तिम रूप दिनुपर्ने बताए ।

‘नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिको नामावली अन्तिम भइसकेको छ, अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौं,’ उनले भने ।

अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यावसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउन प्रभावकारी मञ्च हुने धारणा राखे ।

उनले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसर उपलब्ध रहेको जानकारी दिए ।

नेपाल लगानीका लागि खुला रहेको उनको भनाइ छ । ढकालले विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा-आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेकोमा जोड दिए ।

त्यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमान सम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताए ।

सोही अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजबुत बनाउने बताए । उनले आउने दिनमा महासंघसँगको सहकार्य सुदृढ बनाउने प्रतिबद्धता जनाएको महासंघ अध्यक्ष ढकालले जानकारी दिए । उनले जेबीसीलाई छिट्टै अन्तिम रूप दिने विषयमा आफू सकारात्मक रहेको बताए ।

अध्यक्ष ढकालले महासंघको पछिल्लो पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत र कानुनी सुधार पनि उल्लेख गरे ।

नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरण मार्फत सरकारले सुधार गर्दै लगिरहेको जानकारी दिए ।

हालै नेपालमा भएको जेनजी आन्दोलन सुशासन, पारदर्शिता र देशमै अवसरको चाहना व्यक्त गर्ने सकारात्मक चेतनाको संकेतका रूपमा रहेको ढकालले उल्लेख गरे ।

यी आवाज सही ढंगले सम्बोधन गर्न सके दीर्घकालमा संस्थागत सुदृढीकरण र स्थिर व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More