काठमाडौं, चैत २३
नेपाली मूलका विदेशी नागरिक र स्वदेशमा आउने गैरआवासीय नेपाली (एनआरएन)का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेडिकेटेड डेस्क सञ्चालनमा ल्याइएको छ।
टिआईए अध्यागमन कार्यालयले आगमन र प्रस्थान दुबै हलमा स्थापना गरिएका विशेष डेस्कबाट सेवा दिन थालेको छ।
टीआईए अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार यसअघि एनआरएनका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको थियो; नेपाली मूलका विदेशी नागरिकहरूका लागि अब विशेष रूपमा डेडिकेटेड डेस्क ल्याइएको छ।
यस व्यवस्थाले पर्यटन र लगानी प्रवद्र्धन गर्दै नेपाली भाषा, संस्कृति र मातृभूमिसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ।
अध्यागमन विभागको चैत ११ गतेको निर्णयअनुसार नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्क स्थापना गरिएको छ । आज।

