― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsनेपाली डेफलिम्पिक्स टोली जापान प्रस्थान – KhabarHost

नेपाली डेफलिम्पिक्स टोली जापान प्रस्थान – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली टोली समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन २८ कात्तिकमा जापानको टोकियो प्रस्थान गरेको छ।
  • नोभेम्बर १५ देखि २६ सम्म हुने डेफलिम्पिक्समा नेपालका १० खेलाडी ६ खेलमा प्रतिस्पर्धा गर्नेछन्।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य र युवा तथा खेलकुद मन्त्रालयका सह–सचिवले टोलीलाई बिदाइ गरेका छन्।

२८ कात्तिक, काठमाडौं । समर डेफलिम्पिक्सको २५औं संस्करणमा सहभागी हुन नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ ।

नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुँदै छन् । नेपाली टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।

तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र निराजन सुवेदी, ब्याडमिन्टनमा महेन्द्र लिम्बू फुडोङ, घनबहादुर थापा र जमुना आचार्य तथा करातेमा सेनाम छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

जुडोमा सहभागी हुने खेलाडी सुष्मा तामाङ र लक्की चौधरीसहितको टोली भने जापान पुगिसकेको छ । तेक्वान्दोको प्रशिक्षकमा राजेन्द्र खत्री छन् ।

सहभागी हुने खेलको टिम लिडरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, सरोजकुमार पोख्रेल, देवराज कटुवाल, झमकप्रसाद गौतम, विक्रम घले र वीरबहादुर गुरुङ रहेका छन् । अफिसियलमा कुलप्रसाद भट्टराई तथा दोभासेमा दिनेश श्रेष्ठ र नवीन श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य हिमाल श्रेष्ठले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More