― Advertisement ―

NordVPN 100 Tbps विश्वव्यापी क्षमताको साथ VPN भीड-घण्टा ढिलो समाप्त गर्न चाहन्छ

NordVP को विशाल नेटवर्क घोषणा गरेको छ। क्षमतायसको विश्वव्यापी समग्र क्षमताले अब १०० Tbps नाघेको छयसको मतलब भीडको समयमा पनि अझ स्थिर प्रदर्शन हुनुपर्छNordVPN...
HomeLatest newsनेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु हुँदै – KhabarHost

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु हुँदै – KhabarHost



५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुँदैछ । भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

सभाका लागि मञ्च व्यवस्थापनको काम सकिएको छ । अहिले उपत्यका तथा वरपरका जिल्लाबाट नेता-कार्यकर्ताहरू र्‍यालीसहित प्रदर्शनी मार्ग  जान थालेका छन् । मुख्य मञ्ज पद्मोदय मोड नजिक बनाइएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट र्‍याली सुरू गर्ने छन् ।

रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्‍याली आउँदै छ । यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी-मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्‍याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं-१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्‍याली बबरमहलबाट सुरू हुनेछ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।





Read More