― Advertisement ―

Hostinger ले साना व्यवसाय मालिकहरूलाई सात AI विशेषज्ञहरूमा तत्काल पहुँच दिन्छ, प्रत्येक महिना धेरै महँगो सल्लाहकारहरू भर्ती नगरी हजारौं बचत गर्दछ।

साना व्यवसायहरूमा होस्टिङ व्यवसायहरू प्रदान गर्दछ। कार्यहरूप्रत्येक एआई एजेन्टले एक अनुशासनमा विशेषज्ञता दिन्छ, केन्द्रित विशेषज्ञता प्रदान गर्दछएटलस अनबोर्डिङ एजेन्टले समस्याहरू पहिचान गर्दछ र मिनेटमा...
Homeराष्ट्रिय समाचारनेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने

नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने प्रतिवद्धता सार्वजनिक गरेको छ।
  • पार्टीले नेपालको संविधानको रक्षा गर्दै संघीयता सबलीकरण र निर्वाचन प्रणालीमा अग्रगामी परिमार्जन गर्ने बताएको छ।
  • राज्य सेवा छिटो र चुस्त बनाउन र आधारभूत सेवा जस्तै शिक्षा र स्वास्थ्यमा आम पहुँच स्थापना गर्ने विषयमा पनि पार्टीले विशेष पहल गर्ने उल्लेख छ।

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउन पहल गर्ने भएको छ ।

विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत् नवगठित पार्टीको २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

जसमा नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, संघीयताको सबलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको संख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने प्रतिवद्धता उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको शुद्धीकरण र राज्यका सबै अंगहरूमा आवश्यक सुधार एवं पुन:संरचना गर्न अग्रसर हुने भनिएको छ ।

समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिवद्ध रही नेकपाले आफ्नो स्थापना कालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता जनाइएको छ ।

राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने विषय पनि प्रतिवद्धतामा समावेश छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More