― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsनेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा – KhabarHost

नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा – KhabarHost



१५ मंसिर, विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।

जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।  १० हजार समर्थकलाई उपस्थित गराउने दाबी उनीहरुले गरेका छन् ।

सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।

यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् ।

कर्णाली प्रदेशस्तरीय सभा सुर्खेतको वीरेन्द्रनगरमा यही मंसिर १८ गते गर्ने भनिएकोमा स्थगित गरेर २७ गते पुर्‍याइएको छ ।

मंसिर १८ गतेको दिन परम्परागत पूर्णिमा मेला तथा साँस्कृतिक पर्वहरु हुने भएकाले सभाको मिति सारिएको कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभा मूल व्यवस्थापन समिति संयोजक कालीबहादुर मल्लले जानकारी दिए ।





Read More