― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsनेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने – KhabarHost

नेपालले वार्म अप खेलमा यूएई र क्यानडासँग खेल्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप अघि यूएई र क्यानडासँग क्रमशः फेब्रुअरी ३ र ५ मा वार्म अप खेल खेल्नेछ।
  • नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास टी-२० खेल खेल्ने तालिका बनाएको छ।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ र नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

१२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ ।

समाचार संस्था सिजार स्पोर्ट्स ग्लोबलमा उल्लेख भएअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ ।

त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।

स्रोत : सिजार स्पोर्ट्स ग्लोबल

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More