― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsनेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक

नेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक


राष्ट्रिय

समाचार.

  • अमेरिकी विदेश मन्त्रालयले २१ जनवरीदेखि नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ।
  • विदेश मन्त्रालयले स्क्रिनिङ र जाँच मापदण्ड पुनरावलोकन नगरेसम्म भिसा अस्वीकार गर्न कन्सुलर अधिकारीलाई निर्देशन दिएको छ।
  • नयाँ निर्देशिकाअनुसार भिसा अधिकारीहरूले उमेर, स्वास्थ्य, आर्थिक स्रोत, अंग्रेजी ज्ञान र दीर्घकालीन उपचार आवश्यकताको मूल्याङ्कन गर्नेछन्।

३० पुस, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी नेपाल लगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ ।

विदेश मन्त्रालयले आफ्नो स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन नगरेसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिएको हो । यो स्थगन अनिश्चितकालका लागि रहने र पुनरावलोकन सकिएपछि मात्र हटाइने मन्त्रालयले जनाएको छ ।

यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न चालिएको पनि विदेश मन्त्रालयले जनाएको छ ।

यो निर्णय नेपाललगायत बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भुटान, ब्राजिल, थाइल्यान्ड, यमन, इरान, इराक, नाइजेरिया लगायतका ७५ देशका लागि लागू गरिएको हो ।

नयाँ निर्देशिका अनुसार अब भिसा अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, अंग्रेजी भाषाको ज्ञान र दीर्घकालीन चिकित्सा उपचारको आवश्यकता जस्ता पक्षहरूको सुक्ष्म मूल्याकंन गर्नेछन्।

सूचीमा रहेका देशहरू निम्नानुसार छन् ।

अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोटे डी आइभोरी, क्युबा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, जमैका, जोर्डन, कजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कङ्गो, रुस, रुवाण्डा, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान र यमन रहेका छन्।





Read More