― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsनेपालबाट कति बजे हेर्ने ? खास आकर्षण के छन् ? – KhabarHost

नेपालबाट कति बजे हेर्ने ? खास आकर्षण के छन् ? – KhabarHost


सन् २०२५ को ग्रामीमा अवार्ड लिँदै पपस्टार बियोन्से ।


राष्ट्रिय

समाचार.

  • संगीत दुनियाँकै सबैभन्दा ठूलो ग्रामी अवार्ड २०२६ को ६८औँ संस्करण लस एन्जलसमा २ फेब्रुअरी बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुँदैछ।
  • होस्ट ट्रेभर नोआले लगातार छैटौँ वर्ष ग्रामी होस्ट गर्दैछन् र यसपालि शोको कार्यकारी निर्माता पनि हुन्।
  • केन्ड्रिक लामारले ९ विधामा मनोनयन पाएर सबैभन्दा अगाडि छन् भने नयाँ विधा ‘बेस्ट एल्बम कभर’ पनि थपिएको छ।

संगीत दुनियाँकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड २०२६’ यो साता लस एन्जलसमा आयोजना हुँदैछ । यो ग्रामीको ६८औँ संस्करण हो, जहाँ सधैँझैँ यसपालि पनि ग्ल्यामर, ठूला स्टार र दमदार प्रस्तुति हेर्न पाइने पक्का छ ।

पप म्युजिकका चर्चित नामदेखि हिप-हपका हस्ती र नयाँ उदाउँदै गरेका कलाकार सबै एउटै मञ्चमा देखिनेछन् । हरेक वर्षझैँ यसपालि पनि फ्यानले केही यस्ता क्षणको अपेक्षा गरेका छन्, जुन संगीतको इतिहासमा सधैँका लागि यादगार रहनेछन् ।

अवार्डको साथसाथै स्टेजमा हुने लाइभ पर्फमेन्सले यो कार्यक्रमलाई अझै भव्य बनाउनेछ । अमेरिकाको लस एन्जलसमा कार्यक्रम हुँदैछ ।

अवार्ड समारोह नेपाली समयानुसार २ फेब्रुअरी सोमबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ । तपाईंले यसलाई डिज्नी प्लस हटस्टार र स्टार मुभिज च्यानलमा प्रत्यक्ष हेर्न सक्नुहुन्छ ।

अमेरिका र अन्य देशका दर्शकले यसलाई सीबीएस च्यानलमा राती ८ बजेदेखि ११ः३० बजेसम्म हेर्न पाउनेछन् , प्रिमियम प्रयोगकर्ताका लागि प्यारमाउन्ट प्लसमा पनि यो लाइभ स्ट्रिम हुनेछ ।

फेरि एकपटक चर्चित कमेडियन र होस्ट ट्रेभर नोआ नै अवाड्र्सको मञ्चमा छाउनेछन् । तर यसपालिको शो अलि भावुक र विशेष पनि छ । सन् २०२१ देखि लगातार ग्रामी होस्ट गर्दै आएका ट्रेभरको यो लगातार छैटौँ वर्ष हो ।

यो ग्रामी नोआको अन्तिम होस्टिङ शो हुनेछ । त्यसैले उनले यसलाई यादगार बनाउन कुनै कसर बाँकी राख्ने छैनन् । यसपालि उनी केवल होस्ट मात्र होइनन्, शोको कार्यकारी निर्माता पनि हुन् ।

पर्फर्मरहरूको कुरा गर्ने हो भने, जनवरी २६ को पत्रकार सम्मेलनपछि केही ठूला नामहरू बाहिर आएका छन् । यो पालि स्टेजमा नयाँ र पुराना कलाकारको गज्जबको मिश्रण देखिनेछ ।

सबैभन्दा ठूलो खबर त के छ भने, जस्टिन बिबर झण्डै ४ वर्षको लामो ग्यापपछि ग्रामीको स्टेजमा फर्किएका छन् । उनका फ्यानका लागि यो निकै भावुक र खुसीको पल हुनेछ ।

चर्चित गायक ह्यारी स्टाइल्स र डोचीलाई अहिलेसम्मको कन्फर्म प्रिजेन्टर (अवार्ड दिने व्यक्ति) भनिएको छ । यसपालि युवा कलाकारको पनि ठूलो लिस्ट छ । सबरीना कार्पेन्टर, क्याट्सआई, ओलिभिया डिन, लियोन थोमस, एडिसन रे, सोमब्र, लोला यंग, द मारियाज र एलेक्स वारेन जस्ता उदाउँदा स्टारले पनि पर्फमेन्स दिनेछन् ।

यसपालिको ग्रामीमा र्‍यापर र पप स्टारबीच प्रतिस्पर्धा देखिन्छ । यो वर्ष र्‍यापर केन्ड्रिक लामार सबैभन्दा अगाडि छन् । उनले ‘एल्बम अफ द इयर’ सहित कुल ९ वटा विधामा मनोनयन पाएका छन् ।

पप आइकन लेडी गागा र प्रख्यात प्रोड्युसर ज्याक एन्टोनोफ दुवैले ७/७ वटा विधामा मनोनयन पाएका छन् । यी बाहेक ब्याड बनी र सबरीना कार्पेन्टर जस्ता कलाकार पनि अवार्डको दौडमा निकै अगाडि छन् ।

यसपालि आयोजकले केही रोचक परिवर्तन गरेका छन्, जसले गर्दा प्रतिस्पर्धा अझै फराकिलो भएको छ । पहिलो पटक ‘बेस्ट एल्बम कभर’ नयाँ विधा थपिएको छ । यसले संगीतसँगै कला र डिजाइनलाई पनि सम्मान गर्नेछ ।

कन्ट्री म्युजिकका फ्यानका लागि खुसीको कुरा, यसलाई अब दुई भागमा बाँडिएको छ- ‘बेस्ट ट्रेडिसनल कन्ट्री एल्बम’ र ‘बेस्ट कन्टेम्पोररी कन्ट्री एल्बम’ । सबैभन्दा ठूलो परिवर्तन चाहिँ मुख्य विधामा भएको छ ।

‘रेकर्ड अफ द इयर’, ‘एल्बम अफ द इयर’, ‘सङ अफ द इयर’ र ‘बेस्ट न्यु आर्टिस्ट’ जस्ता विधामा पहिले ५ जना मात्रै मनोनयनमा पर्थे भने अब १० जनाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More