― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsनेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

नेपालगञ्ज-गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै



१३ कात्तिक, राँझा (बाँके) । नेपालगञ्ज-गुलरिया सडकखण्डअन्तर्गत  खजुरा गाउँपालिका-३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ ।

छ दशकअघि पेडारी नालामा निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो ।

एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग  निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनले बताए । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने  भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More