― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsनेपालको शिक्षा र रोजगारी नीतिमा खाडल – KhabarHost

नेपालको शिक्षा र रोजगारी नीतिमा खाडल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालमा पोषण तथा आहार विज्ञान विषय सन् २०१०/११ देखि त्रिभुवन विश्वविद्यालयको धरान क्याम्पसमा पढाइ सुरु भयो।
  • स्वास्थ्य मन्त्रालयले सन् २०८२ सम्म पोषण विषयमा कुनै पदको विज्ञापन गरेको छैन र नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स प्रदान गरेको छैन।
  • विद्यार्थीहरू नयाँ मन्त्री र स्वास्थ्य सचिवसँग अनुनय-विनय गर्दा पनि रोजगारीको आश्वासन बाहेक केही पाइँदैन र धेरैले देश छोड्न बाध्य भएका छन्।

अहिले धेरै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीका रुपमा पोषण तथा आहारविज्ञहरू काम गर्छन् ।

सन् २००६/०७ मा राष्ट्रिय योजना आयोगले देशमा पोषणको कमी भएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई यो विषय पढाउन अनुमति दियो  ।  फलस्वरूप, त्रिविको केन्द्रीय प्रविधि क्याम्पस, धरानमा सन् २०१०/११ देखि यो विषयको पढाइ सुरु भयो।

नेपालको स्वास्थ्य नीतिले त सन् १९९६/९७ देखि नै हरेक अस्पतालमा आहारविद् राख्नुपर्ने नीति बनाएको थियो । तर, आज २०८२ साल पुग्दा पनि स्वास्थ्य मन्त्रालयले यो विषयमा कुनै पदको विज्ञापन गरेको छैन । न त त्रिभुवन विश्वविद्यालयले नै यसबारे केही बोल्छ, न त नेपाल स्वास्थ्य व्यवसायी परिषद्(एनएचपीसी) ले यो विषयलाई लाइसेन्स प्रदान गर्छ ।

देशमा जनशक्ति आवश्यक छ भनेर त्यो विषयको पढाइ सुरु गर्ने अनि उत्पादन भएका जनशक्तिप्रति यो हदसम्मको उदासीनतालाई कसरी बुझ्ने ?

यो विषयका विद्यार्थीहरूले हरेक वर्ष नयाँ मन्त्री र स्वास्थ्य सचिवसँग अनुनय-विनय गर्नुपर्छ । जवाफमा आश्वासनबाहेक केही पाइँदैन। स्वास्थ्य मन्त्रालयले एनएचपीसीलाई देखाउँछ, एनएचपीसीले मन्त्रालयलाई देखाउँछ र विद्यार्थीलाई पेन्डुलम बनाइन्छन् । स्वास्थ्य मन्त्रालयमा कार्यरत ७५ प्रतिशत कर्मचारीलाई त यो विषय के हो भन्ने पनि थाहा छैन। मन्त्रीहरूबाट पनि कुनै सहयोगको अपेक्षा गर्न सकिँदैन ।

हामी विद्यार्थी नै गलत हौं त ? सरकारकै अनुमतिमा विश्वविद्यालयले राखेको त्यो कोर्स पढेर हामीले गर्नै नहुने गर्ली गर्‍यौँ त ? यो प्रश्नको जवाफ कसले दिने ?

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा योगदान दिन खोज्दा पनि ढोका बन्द हुन्छ । हाम्रो वर्षौंको लगानी र मेहनतको कुनै मूल्य छैन । धेरै विद्यार्थीहरू निराश भएर देश छोड्न बाध्य छन्। कतिपयले यो विषय नै छाडिसके, कतिपयको उमेर बढेर अब विज्ञापन खुले पनि रोजगारी नपाउने चिन्तामा छन् ।

यो त एउटा उदाहरण मात्र हो । पोषण तथा आहार विज्ञान मात्र होइन, नेपालमा यस्ता धेरै विषय छन्, जसको पढाइ हुन्छ तर रोजगारीको कुनै ग्यारेन्टी हुँदैन । किन पढाइन्छ यस्ता विषय ? कसका लागि पढाइन्छ ? कसैलाई वास्ता छैन। यदि सही ठाउँमा सही व्यक्ति भएको भए, यो अवस्था आउने थिएन । शिक्षा र रोजगारीबीचको यो खाडलले हामीलाई बनाइएका बेरोजगार बनाएको छ।

नेपालको शिक्षा प्रणाली र रोजगारी नीतिबीच समन्वयको खाँचो छ। विश्वविद्यालयहरूले बजारको माग र देशको आवश्यकताअनुसार विषयहरू पढाउनुपर्छ । सरकारले रोजगारी सिर्जना गर्न र विद्यमान नीतिहरू कार्यान्वयन गर्न ठोस कदम चाल्नुपर्छ। नत्र, हामीजस्ता लाखौं विद्यार्थी बेरोजगार बन्न बाध्य हुनेछौं।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More