― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsनेपालको फ्रेन्च फ्राइज अमेरिका निर्यात – KhabarHost

नेपालको फ्रेन्च फ्राइज अमेरिका निर्यात – KhabarHost



१८ कात्तिक, बुटवल । रुपन्देहीमा उत्पादन भएको नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको छ । रुपन्देहीको शुद्दोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा तेस्रो मुलुकमा पनि निर्यात थालेको हो ।

मंगलबार भैरहवा भन्सार कार्यालयबाट दुई वटा कन्टेनर ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेर कोलकाता बन्दगाहका लागि छुटेका छन् । हिमालयन क्रिस्प र हाम्रो फ्राइज ब्रान्डका फ्रेन्च फ्राइज निर्यात भएको उद्योगका सञ्चालक कृष्ण पौडेलले बताए । उनका अनुसार कोलकाताबाट कन्टेनरमा ५० दिनमा फ्रेन्च फ्राइज अमेरिका पुग्नेछ ।

अमेरिकामा निर्यात हुनुअघि अमेरिकाको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरी निर्यातको अनुमति दिएको सञ्चालक पौडेलले बताए ।

अब हरेक हप्ता अमेरिकाका लागि भैरहवा भन्सारबाट फ्रेन्च फ्राइज निर्यात हुने उनले बताए । ‘अमेरिकासँगै बेलायत लगायतका मुलुकबाट पनि अर्डर आएको छ, भारत र नेपाली बजारमा समेत खपत भइरहेकाले मागअनुसार उत्पादन पुर्‍याउन सकेका छैनौं,’ पौडेलले भने, ‘नेपालमा खपत हुने फ्रेन्च फ्राइज विदेशबाट आयात हुने गरेको थियो । अब ७५ प्रतिशत आयात विस्थापित भइसकेको छ, एक वर्षभित्रै पूरै आयात विस्थापन गर्ने लक्ष्य छ ।’

२ अर्ब लगानी भएको उद्योगले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानलाई आलु उत्पादनमा जोडेर उनीहरूबाट खरिद गरेको आलु प्रशोधन गरी उद्योगले फ्रेन्च फ्राइजलगायत परिकार उत्पादन गरिरहेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले पहिलोपटक नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको र यसबाट ४० हजार अमेरिकी डलर नेपाललाई प्राप्त भएको बताए । नेपालले ठूलो ब्यापार घाटा बेहोरिरहेको अवस्थामा स्वदेशी कच्चा पदार्थबाट उत्पादित फ्रेन्च फ्राइजको निर्यातले थोरै भए पनि ब्यापार घाटा कम गराउन योगदान पुर्‍याउने बताए ।

युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइजसँगै अब केही महिनाभित्रै आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन लगायत परिकार उत्पादन सुरु हुने पौडेलले बताए ।

‘हिमालयन र हाम्रो फ्राइज ब्रान्डमार्फत नेपालको स्वादलाई विश्वमा पुर्‍याउन सफल भएका छौं,’ पौडेलले भने, ‘अमेरिकाको एफडीएमा दर्ता भएर छोटो समयमै भारतसँगै अमेरिका निर्यात गरिरहेका छौँ । अब दुबई, मलेसिया, साउदी अरेबियाजस्ता मुलुकहरूमा पनि निर्यात गर्ने तयारीमा छौँ ।’

करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले विश्वस्तरीय फ्रोजन पोटाटो प्रोडक्ट र फ्रेन्च फ्राइज उत्पादन संसारका जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पौडेलको दाबी छ । कम्पनीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रशोधनयोग्य आलुको अनुसन्धानको लागि करोडौँ रकम खर्च गरिसकेको जनाएको छ ।

यो वर्ष किसानबाट करिब २ हजार मेट्रिक टन आलु उद्योगले खरिद गरेको छ । विशेषगरी कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोक लगायत २६ जिल्लामा सफल परीक्षण गरी ३५ हजार किसानमार्फत आलु उत्पादन गरिरहेको उनले बताए ।

काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्ज जस्ता मुख्य शहरमा ५ वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोडर्न मार्टमार्फत उपभोक्तामाझ आफ्नो उत्पादन पुर्‍याएको उनले बताएका छन् ।

उद्योगले नेपालका किसानलाई आत्मनिर्भर बनाउँदै नेपालमा नै उत्पादन भएको प्रशोधनयोग्य आलु प्राथमिकताका आधारमा खरिद गर्ने उद्देश्य लिएको पौडेलले बताए । उद्योगले किसानबाट वार्षिक ३० हजार मेट्रिक टन आलु खरिद गरी प्रशोधन गरी विभिन्न परिकार बनाउने लक्ष्य लिएको छ ।





Read More