― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsनेताको अनुहार बदलेर मात्रै कांग्रेस बदलियो भनेका छैनौं – KhabarHost

नेताको अनुहार बदलेर मात्रै कांग्रेस बदलियो भनेका छैनौं – KhabarHost



१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेताको अनुहार बदलेर मात्रै कांग्रेस बद्लिएको भन्दा अपूरो हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले कांग्रेसको सोच र शैलीमै बदलिएको दाबी गरे ।

‘कांग्रेस पार्टी आज बदलिएर देश र जनताको अगाडि उभिएको छ,’ सभापति थापाले भने, ‘यो बदलिनु भनेको के हो ? कांग्रेस पार्टीको नेताको अनुहार बदल्यौँ त्यसकारण कांग्रेस बदलियो ? होइन ।’

अनुहार बदलिएको कुरा सामान्य प्रक्रियाको कुरा मात्रै भएको उनले बताए । ‘नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ,’ सभापति थापाले भने । कांग्रेसले नयाँ पुस्ताको आह्वानलाई स्वीकार गरेर नयाँ सोच र जोशका साथ उभिएको उनले दाबी गरे ।

कांग्रेस पार्टी पुरानो भएकोमा गर्व पनि उत्तिकै रहेको सभापति थापाले बताए । नयाँ कांग्रेसले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

‘तर यो सँगसँगै नागरिकका नयाँ अपेक्षा पनि छन् । सुशासनको मुद्दालाई पार्टीले पहिलो मुद्दा बनाइदिउन् भन्ने छ, भ्रष्टाचारका सन्दर्भमा शून्य सहनशीलता राखिदेओस् भन्ने छ,’ उनले भने, ‘पार्टीहरू केवल सत्ता र शक्तिको लागि नलागुन्, सिद्धान्तनिष्ठ होउन्, बरु सत्ता छाडुन, तर सिद्धान्तमा सम्झौता नगरुन् भन्ने नागरिकको अपेक्षा छ ।’

अहिलेका नौजवानले पार्टीहरू ‘स्मार्ट’ र ‘एफिसेन्ट’ होस् भन्ने चाहेको उनले बताए । उनले भने, ‘नौजवानहरू चाहन्छन्, पार्टीले हाम्रो आवाज सुनोस् । नौजवान चाहन्छन् पार्टी भद्दा नहोस् । पार्टी हिजोको आन्दोलन जस्तो होस्, इलेक्सन मेसिन जस्तो नहोस् ।’





Read More