― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsनेकपा रामेछापबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार सिफारिस

नेकपा रामेछापबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार सिफारिस



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रामेछाप जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारहरु सिफारिस गरेको छ ।

नेकपा रामेछाप जिल्ला समितिको पुस ११ गते बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभातर्फ इच्छुक उम्मेदवारबाट खुला रूपमा आवेदन माग गरेको थियो । प्राप्त आवेदनमाथि आवश्यक छानबिन गरी जिल्ला कार्यदलले एकमतका साथ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो ।

नेकपा स्रोतका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, साबिक नेकपा (एस) का पोलिटब्युरो सदस्य होम बुढाथोकी तथा अखिल क्रान्तिकारीका पूर्व संयोजक एवं नेकपा केन्द्रीय सदस्य पवन कार्कीको नाम सिफारिस गरिएको छ ।

यसैगरी प्रत्यक्षतर्फ नेत्र लामा, गुणराज ढुङ्गेल, अनन्तकुमार खड्का, दीपकराज प्रसाईं र निरबहादुर श्रेष्ठ रहेका छन् । नवयुवा (जेन्जी) समूहबाट रोशन कार्की, अनोज भुजेल र सुदीप खड्काको नाम पनि सिफारिस भएको छ ।

समानुपातिकतर्फ जितबहादुर दाहाल, शरद रसाइली, सुनिता गौतम, केशरकुमार कालिकोटे, हिमाली गोले, रामबहादुर कार्की, आङकाण्डु शेर्पा, लालुमाया माझी, सरिता खाती, अम्बरबहादुर तामाङ र किरण मोक्तानको नाम सिफारिस गरिएको छ ।

राष्ट्रियसभाका लागि जगतबहादुर तामाङको नाम सिफारिस गरिएको नेकपा स्रोतले जनाएको छ ।





Read More