― Advertisement ―

टिम कुकले राजीनामा दिए, जोन टर्नस एप्पलको नयाँ सीईओ बन्ने

Tim Cook>स्टेप डाउन टर्नसले सेप्टेम्बरमा सीईओको भूमिका ग्रहण गर्नेछन्कुक कार्यकारी अध्यक्ष बन्न कानाफूसीहरू सत्य थिए। लामो समय Apple CEO https://www.techradar.com/tech.com/ data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/tim-cook">टिम कुक...
HomeLatest newsनुवाकोटका किसान वर्षातकै बीचमा धान भित्र्याउन व्यस्त

नुवाकोटका किसान वर्षातकै बीचमा धान भित्र्याउन व्यस्त


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नुवाकोटका किसानले लगातारको सिमसिमे वर्षा बेवास्ता गर्दै धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यस्त भएका छन्।
  • धान समयमा भित्र्याउन नसक्दा बाला झुरिएर झर्ने अवस्था देखिएको र थप क्षति हुने चिन्ता किसानले व्यक्त गरेका छन्।
  • कृषि विकास कार्यालयका प्रमुख केशव खनालले भित्र्याएको धान घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने सुझाव दिनुभएको छ।

११ कात्तिक, नुवाकोट । नुवाकोटमा किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।

चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन्।

कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छभने भिजेको धान चिसोका कारण बिग्रनसक्ने भन्दै किसानले चिन्ता जनाएका छन् ।

अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ ।

यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो।

पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन्।

 





Read More