― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsनिष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान



३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ ।

निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ,’ पार्टी निर्णय सुनाउँदै प्रवक्ता चालिसेले भने ।

त्यस्तै, आगामी फागुन २१ गतेको निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सबै पार्टी पंक्तिलाई सक्रियताका साथ लाग्न अपिल गर्ने निर्णय पनि गरेको छ ।

‘पार्टीका सबै पंक्ति, मतदाता, देश र विदेशमा रहेका सबै कांग्रेसजनहरू सबै साथीहरूलाई नयाँ ऊर्जाका साथ, पुन: एकताका साथ फागुन २१ को निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सक्रियताका साथ लाग्नका लागि अपिल गर्ने निर्णय गरेको छ,’ चालिसेले भने ।

साथै, नेपाली कांग्रेसकै नेतृत्वमा आगाडि बढ्ने प्रक्रियामा साथ र सहयोगका लागि सम्पूर्ण देशवासीबाट साथ प्राप्त हुने विश्वास बैठकले राखेको उनले बताए ।





Read More