― Advertisement ―

‘मिलाना-कोर्टिनाको लागि हाम्रो कामले नेटवर्कको नयाँ पुस्ता सिर्जना गर्न मद्दत गरिरहेको छ’: HPE ले २०२६ शीतकालीन ओलम्पिकको नेटवर्क ब्याकबोन हुन के लिन्छ भनेर बताउँछ।

The 2026 शीतकालीन ओलम्पिक मिलान-कोर्टिनामा आधुनिक समयमा सबैभन्दा बढी माग गरिएको थियो, यो तीनवटा क्षेत्रहरूमा फैलिएको थियो, जुन यसलाई उत्तरी भागमा सबैभन्दा धेरै पढिएको...
HomeLatest newsनिर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर – KhabarHost

निर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर – KhabarHost



५ माघ, काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो ।

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘कल सेन्टर आजबाट सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौं । समय क्रमश: थपिँदै लगिने छ’, उनले भने ।

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् । एकै पटक १५ जनासम्मले फोन गर्दा  कलहरु होल्डमा रहनुपर्ने छैन ।

सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More