― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeराष्ट्रिय समाचारनिर्वाचन आयोगले गर्‍यो राय पठाउन विलम्ब – KhabarHost

निर्वाचन आयोगले गर्‍यो राय पठाउन विलम्ब – KhabarHost



१६ कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगको राय माग गरेको छ ।

विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने सरकारको तयारी छ । यसका लागि मन्त्राललयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा नै तयार पारेर निर्वाचन आयोग पठाएको छ । निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरेर अगाडि बढाउने गृहमन्त्रालयका अधिकारीहरू बताउँछन् ।

तर, निर्वाचन आयोगले गत बिहीबार नै पठाउने भनेको राय अझै पठाएको छैन । गृह मन्त्रालयले निर्वाचन आयोगले राय पठाउन विलम्ब गरेको गूनासो गरेको छ ।

गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यससम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे आयोग छलफलमा रहेको बताउँछन् । गृह मन्त्रालयमा राय पठाउने तयारी भइराखेको उनले जानकारी दिए ।

गृह मन्त्रालयका अधिकारीहरू भने तिहार अगाडि नै मस्यौदा पठाएको तर अझै राय प्राप्त हुन नसकेको बताउँछन् । एक अधिकारी भन्छन्, ‘निर्वाचन आयोगबाट छिट्टै राय प्राप्त हुने अपेक्षा छ ।’

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजाल विदेशमा बस्ने नेपाली मतदाताहरूलाई विदेशबाटै मत हाल्न दिनेबारे छलफल चलिरहेको बताउँछन् ।

रिजाल भन्छन्, ‘विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फ भोट हाल्न दिने गरी ऐन संशोधनको प्राविधिक मस्यौदा तयार भएको छ । उक्त मस्यौदालाई निर्वाचन आयोगमा पठाएका छौं । उताबाट आएपछि थप छलफल हुन्छ ।’

उनकाअनुसार मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ । उनी भन्छन्, ‘मतदाता नामावली संकलनको कुरा हुन्छ । अहिले भोट हाल्न दिन खोजेको समानुपातिकमा मात्रै हो ।’





Read More