― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsनिर्वाचनको वातावरण निर्माण गर्न मातहतलाई तरूण दलको परिपत्र

निर्वाचनको वातावरण निर्माण गर्न मातहतलाई तरूण दलको परिपत्र



९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले आसन्न प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका लागि जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

मातृ पार्टीले २१ फागुनका लागि तय गरेको निर्वाचनमा जाने औपचारिक निर्णय गरेपछि अध्यक्ष विद्धान गुरूङले मंगलबार परिपत्रमार्फत् जिल्ला कार्यसमितिहरूलाई निर्वाचनको वातावरण निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।

उनले जिल्लाहरू र्‍यालीलगायत मार्चपास गरी कोणसभा आयोजना गर्न र सभा सम्बोधनका क्रममा निर्धारित समयमै निर्वाचनको सुनिश्चितताबारे सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन भनेका छन् ।

गुरूङले जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयका अधिकारी, मतदाताहरूलगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्न पनि परिपत्रमा उल्लेख गरेका छन् । ‘जिल्लाका मतदाताहरु लक्षित सचेतना कार्यक्रम आयोजना गर्ने,’ परिपत्रमा भनिएको छ ।

अध्यक्ष गुरूङले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमनचयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More