― Advertisement ―

यो स्तरवृद्धि गर्ने समय हो — मैले Best Buy मा 22 वटा सम्झौताहरू फेला पारेको छु जसले तपाईंलाई TV, ल्यापटप र थपमा $1,000 सम्म...

हामी सबैले अब प्रयोग नगर्ने केही पुराना प्रविधिहरू छन्, वा कम्तिमा एउटा पुरानो यन्त्र छ जुन हामीलाई थाहा छ कि हामीले चाँडै अपग्रेड गर्नुपर्छ।...
HomeLatest newsनिर्वाचनको तयारी सुस्त, आयोग अलमलमा – KhabarHost

निर्वाचनको तयारी सुस्त, आयोग अलमलमा – KhabarHost



२० मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आउन अब एक हप्ता मात्र बाँकी छ ।

भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको छ । केही जिल्लाको विवाद बाहेक महाधिवेशन प्रतिनिधि चयनको काम पनि सकिएको छ ।

तर महाधिवेशनको अरू काम अगाडि बढिरहँदा निर्वाचनको तयारी भने सुस्त छ । अहिलेसम्म निर्वाचन आयोगको छुट्टै कार्यालय स्थापना हुन सकेको छैन भने केन्द्रीय कार्यालयमै पनि आवश्यक काम भइरहेको छैन ।

‘यो महाधिवेशन नेतृत्व चयनका निम्ति भइरहेको छ । तर निर्वाचन आयोगले पाउनुपर्ने प्राथमिकता पाएको छैन,’ आयोगका सदस्य समीर नेपालले भने । अहिलेसम्म आयोगलाई एउटा कम्प्युटर उपलब्ध गराउनु बाहेक अरु सहयोग केन्द्रीय कार्यालयबाट भएको छैन ।

जबकि महाधिवेशनमा मतदान हुने लगभग निश्चित जस्तै छ । महाधिवेशन प्रतिनिधि चयन हुँदा नै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर भएर आएका छन् ।

दुवै पक्षको तयारी हेर्दा सर्वसम्मतिबाट नेतृत्व चयनको सम्भावना देखिँदैन । नेतृत्व होडको अभ्यास देखेका आयोग सदस्यहरूले पनि आवश्यक तयारी अगाडि बढाउन खोजिरहेको छ ।

उनीहरूका अनुसार आयोगका अध्यक्ष डा. विजय सुब्बाले आवश्यक सहयोगका निम्ति निकै पटक आग्रह समेत गरिसकेका छन् । ‘अध्यक्षले धेरैपटक ध्यानाकर्षण गराइसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘तर अहिलेसम्म आवश्यक सामग्रीहरू उपलब्ध हुन सकेको छैन ।’

प्रतिनिधिहरूको अन्तिम नामावली आयोगले पाएपछि नेतृत्व निर्माणको प्रक्रिया अगाडि बढ्ने भएपनि त्यसअघि गर्नुपर्ने काम समेत हुन नसकेको छैन । ‘उम्मेद्वारी फारम छाप्नुपर्ने हुन्छ, मुचुल्काहरू तयार पार्नुपर्छ,’ आयोगका एक सदस्य भन्छन्, ‘तर यसप्रति पार्टी कार्यालयको ध्यान गएको छैन ।’

चुनावका लागि आयोगमा करिब ६० जना कर्मचारी चाहिने प्रक्षेपण गरिएको छ । ‘उनीहरूलाई तालिम दिनुपर्‍यो, नियुक्ति प्रक्रिया अघि बढाउनुपर्‍यो । काम अघि बढेकै छैन,’ स्रोत भन्छ ।





Read More