― Advertisement ―

2003 बाट युरोपको गोप्य ड्रोन परियोजना चुपचाप आज लगभग हरेक प्रमुख सैन्य उड्डयन कार्यक्रमको लागि आधार बन्यो।

सबैभन्दा ठूला सैन्य शक्ति युरोपेली सेना अब बररानोलोग परियोजनाहरूयूरोपको सबैभन्दा ठूलो मानवरहित विमान एक गोप्य कार्यक्रमबाट देखा पर्‍योबाराकुडा अग्रगामी मानव र मानवरहित विमान सहयोग...
HomeLatest newsनिधिसँग कड्किए देउवा, भने- कसले नमान्ने ? पार्टी फुटाउने ? – KhabarHost

निधिसँग कड्किए देउवा, भने- कसले नमान्ने ? पार्टी फुटाउने ? – KhabarHost



१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानले तोकेको समयभित्र महाधिवेशन गराउन भन्दै आफूले भनेरै सिंगापुर जाँदा पनि महाधिवेशन नभएकोप्रति नेताहरूसँग आपत्ति जनाएका छन् ।

शुक्रबार देउवा निवासमा भएको छलफलमा सहभागी नेताहरूलाई देउवाले यस्तो आपत्ति जनाएका हुन् ।

छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी थिए ।

उक्त छलफलका क्रममा सभापति देउवाले समय हुँदाहुँदै नियमित महाधिवेशन गर्नतर्फ नेताहरू नलागेको भन्दै आक्रोश व्यक्त गरे ।

‘मैले छाड्छु भनेर भनिसकेकै छु । विधानले तोकेको समयभित्र महाधिवेशन गर्नु भनेर मैले भनेरै सिंगापुर गएको हो,’ छलफलमा देउवाले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यो भनेको मंसिरमै थियो । मंसिरमा किन नगरेको ? समय थियो त ! तपाईंहरूले विवाद गर्दागर्दै यस्तो भयो ? मैले छाड्छु भनेकै छु भने तपाईंहरूलाई के समस्या भयो ?’

देउवाले यति भनेपछि महामन्त्रीद्वय थापा र शर्माले समय कम भएकाले विशेष महाधिवेशन नै गर्नुपर्छ भन्ने लागेर उक्त काममा लागेको ब्रिफिङ गरेका थिए । सुवर्णशमशेरले ०१५ सालमा गरेकोजस्तै अपिल गरेर देउवालाई विशेष महाधिवेशनबाटै पद छाड्न आग्रह महामनत्रीद्वयले गेका थिए ।

‘नियमितमा छाड्छु भनेको छ भने विशेष गरेर छाड्दा पनि राम्रो हुन्छ,’ गगन–विश्वको भनाइ थियो ।

बीचमा रोक्दै देउवाले नियमित महाधिवेशनतर्फ नै जोड गर्न आग्रह गरे ।

‘त्यस्तो होइन, मैले छाड्छु । विशेष होइन नियमित नै गरौं । नियमित गर्न सकिन्छ, पुसको अन्तिम सातासम्म गरौं,’ देउवाले छलफलमा भनेका थिए ।

निधिको प्रतिवाद, कड्किए देउवा

सभापति देउवाले पुसको अन्तिमसाता महाधिवेशन गर्नेगरी तयराी थाल्न निर्देशन दिएपछि नेता निधिले मानेनन् ।

‘सभापतिज्यूले अहिले नियमित गर्ने भन्नुभयो भने हामीले कुरा मात्रै सुनेर हुन्छ ?,’ निधिले भनेका थिए, ‘केन्द्रीय कमिटीको बहुमत साथीहरू मान्दैनन् । हामी मान्दैनौं ।’

निधिलाई बीचमै रोकेर देउवा कड्किए । ‘कसले नमान्ने ? किन नमान्ने ? पार्टी फुटाउनतिर लाग्ने ? गर्न सकिन्छ, पुसको मसान्तभित्र गर्नुपर्छ । मिति तोकेर जानुपर्छ,’ देउवाको प्रष्ट लाइन थियो ।

निधिले भने बहुमत सदस्यले मान्दैनन् भन्दै तर्क गरिरहेका थिए । छलफलका क्रममा फास्ट ट्र्याकबाट कामहरू सकेर महाधिवेशनमा जानसक्ने विषयमा थप छलफल भएको थियो ।

त्यसका लागि केही विकल्प पनि अघि सारिएको थियो । छलफलमा सहभागी एक नेताले बताए अनुसार, यस्ता छन् अघि सारिएका विकल्प :

एक, ७७ जिल्लामा प्रतिनिधि नपठाएर १ सय ६५ ठाउँमा पठाउने ।

दुई, क्रियाशील सदस्यताका लागि एक साता दिने ।

तीन, केन्द्रीय प्रतिनिधि भएर एउटा निर्वाचन क्षेत्रमा एक जना हुनेगरी फास्ट ट्र्याकबाट गर्ने ।

कांग्रेस महाधिवेशनबारे सहमति नजुट्दा केन्द्रीय समिति बैठक पटकपटक सर्दै आएको छ । बैठक बस्न नसक्दा कांग्रेसभित्र विषय पेचिलो बनिरहेको छ ।

नेताहरूका अनुसार, भोलि (शनिबार) पनि महाधिवेशनबारे निष्कर्ष निकाल्नेगरी छलफल चल्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More