― Advertisement ―

Quad 6K, 120Gbps, र 26 पोर्टहरू: Mac को लागि iVANKY FusionDock Ultra भेट्नुहोस्

UVANCK UVACK डेस्कटप वर्कस्टेशन डकमा 26 पोर्टहरूचार बाह्य 6K डिस्प्लेहरू मिल्दो Apple Silicon Macs मा नेटिभ रूपमा चल्न सक्छन्120Gbps सम्म ब्यान्डविथले डिस्प्ले-केन्द्रित व्यावसायिक कार्यप्रवाहहरू...
HomeLatest newsनिकोलस मादुरोको पक्राउपछि छोराले के भने ? – KhabarHost

निकोलस मादुरोको पक्राउपछि छोराले के भने ? – KhabarHost



२२ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले हिरासतमा लिएपछि पहिलोपटक सार्वजनिक रूपम प्रतिक्रिया दिएका छन् ।

उनले आफ्ना आमाबुवाविरूद्ध अमेरिकी कारबाहीको आलोचना गरेका छन् । मादुरो गुएराले भनेका छन्, ‘यदि, कुनै देशका राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइन्छ भने कुनै पनि देश सुरक्षित रहने छैनन् ।’

आज भेनेजुएलालाई भएजस्तै भोलि दबाबमा झुक्न अस्वीकार गर्ने अन्य कुनै पनि देशलाई समस्या पर्न सक्ने मादुरो गुएराको भनाइ छ । ‘यो केवल एक क्षेत्रीय समस्या होइन, बरू वैश्विक राजनीतिक स्थिरताका लागि सिधा खतरा हो ।’

मादुरो गुएराले अमेरिकासँग आफ्ना आमाबुवाको रिहाइको माग गर्दै आरोप पत्रमा आफ्नो नाम पनि समावेश गरेको भन्दै निन्दा गरेको बीबीसीले जनाएको छ । 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More