― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
Homeराष्ट्रिय समाचारनागरिक एपमा देखिन थाल्यो ड्राइभिङ लाइसेन्स – KhabarHost

नागरिक एपमा देखिन थाल्यो ड्राइभिङ लाइसेन्स – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी आन्दोलनपछि अवरुद्ध लाइसेन्स सम्बन्धी सेवा आंशिक रूपमा सुरु भएका छन् र नागरिक एपमा ड्राइभिङ लाइसेन्स देखिन थालेको छ।
  • यातायात व्यवस्था विभागले आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको र लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुचारू भएको जनाएको छ।
  • काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा आंशिक रूपमा सुचारू भएको र अन्य कार्यालयमा प्रणाली परीक्षण भइरहेको विभागले बताएको छ।

१८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि अवरुद्ध भएको लाइसेन्स सम्बन्धी सेवाहरू आंशिक रुपमा सुरु भएका छन् । यसै क्रममा नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स देखिन थालेको छ । आन्दोलनपछि नागरिक एपमा समेत लाइसेन्स देखिएको थिएन । यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्न थालेसँगै सो सेवा समेत सुरु भएको हो ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारू भएको विभागले जनाएको छ ।

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने  विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारू भएको छ ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।

ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने विभागको भनाइ छ । विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध गरेको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More