― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsनाइजेरियामा अमेरिकाको घातक हमला – KhabarHost

नाइजेरियामा अमेरिकाको घातक हमला – KhabarHost



११ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका छन् ।

सोसल मिडिया प्लेटफर्म ट्रुथमामार्फत् उनले उत्तर–पश्चिमी नाइजेरियामा चरमपन्थी संगठन आईएस समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् ।

बीबीसीले भनेको छ, ‘अमेरिकाले कुन स्थानलाई निशाना बनायो र यो आक्रमण कहिले गरियो भन्ने बारे स्पष्ट छैन ।’

नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजेरियामा इस्लामी उग्रवादी समूहविरूद्ध कारबाहीको तयारी गर्न आदेश दिएका थिए ।





Read More