― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsनवलपरासीमा भ्यान र स्कुटर ठोक्किंदा एकको मृत्यु, २ जना घाइते

नवलपरासीमा भ्यान र स्कुटर ठोक्किंदा एकको मृत्यु, २ जना घाइते



३ माघ, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

घाइते मध्य स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका-८ घर भई हाल देवचुली नगरपालिका-९ मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवारी देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भेन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More