― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsनवगठित नेकपाको शक्ति कति ? – KhabarHost

नवगठित नेकपाको शक्ति कति ? – KhabarHost



२७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दश वटा वाम घटकहरूबीच गत १९ गते पार्टी एकता घोषणा सभामा संयोजक प्रचण्डले भनेका थिए– ‘एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन । अब एक नम्बर भयो भयो ।’

दशवटा घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा बुधबार नेकपा एमालेबाट कारबाहीमा गरेपछि मातृभूमि जागरण अभियान चलाएका नेता भीम रावल पनि मिसिए । नेताहरूका अनुसार रावलको समायोजनले त झन् शक्ति आर्जन गरेको छ ।

रावलसँगै नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव पनि नेकपामा समाहित भएका छन् । यो सँगै १२ वटा वाम घटकहरू एक ठाउँमा एकीकृत भएको नेताहरूले दाबी गरेका छन् ।

पहिलो पार्टी नै बन्ने आत्मविश्वास चाहीँ प्रचण्डमा कसरी पलायो ? यसको लागि विगतको चुनावी अंगणितबाट हिसाब निकाल्न सकिन्छ । यद्यपि आउने चुनावमा यस्तै हुन्छ भन्ने सुनिश्चतता चाहीँ हुन्न ।

२०७९ सालमा प्रतिनिधिसभा,  प्रदेश सभा र स्थानीयका तीनवटा निर्वाचन भएका थिए । ती निर्वाचनमा अहिले एकीकरण भएका दलहरू पनि सामेल थिए । माओवादी र एकीकृत समाजवादीले चुनावी गठबन्धन पनि गरेका थिए । यो गठबन्धनमा कांग्रेस पनि सामेल थियो । गठबन्धनका कारण चुनावी मत एकअर्कामा खप्टिएको थियो ।

गठबन्धन गरेर चुनाव लडेका ती पार्टीहरूबाट कति जनप्रतिनिधिले जित हासिल गरे ?  चुनावी परिणाणबाट यसको उत्तर खोज्न सकिन्छ ।

सबै पार्टीको लोकप्रियतामा ह्रास आइरहेका बेला यस्तै हुन्छ भनेर ठोकुवा गर्न त सकिँदैन तर विगतको परिणाम हेरेर आउँदो निर्वाचनको विश्लेषण पक्कै गर्न सकिन्छ- विश्लेषक श्याम श्रेष्ठ

नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध घटकहरूलाई जोड्दा अब यो पार्टीका  राष्ट्रिय सभामा २७ सांसद छन् । यो एकताको सबैभन्दा ठूलो प्रभाव राष्ट्रिय सभामा देखिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा यो पार्टी एकल बहुमत नजिक पुगेको छ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का १८, नेकपा (एकीकृत समाजवादी)का ८ सांसद् छन् भने राष्ट्रपतिबाट मनोनित वामदेव गौतम पनि यही पार्टीमा छन् ।

विघटित प्रतिनिधि सभाको संख्या हेर्ने हो भने माओवादी र एकीकृत समाजवादीका गरी ४२ सांसद हुन्थे । तर विघटित प्रतिनिधि सभाका किसान श्रेष्ठ यता नआइ एमालेमा गएका छन् । प्रदेश सभामा १०६ सांसद् छन् । स्थानीय तहमा ७५३ मध्ये १४४ पालिकामा नेकपाका जनप्रतिनिधिको नेतृत्व छ ।

प्रत्यक्षमा कति ?

२०७९ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १६५ सिट मध्ये माओवादी केन्द्रले १८ र एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको थियो ।

त्यस्तै, सातवटै प्रदेश सभाका प्रत्यक्षबाट निर्वाचित ३३० सांसदमध्ये ६८ जना नेकपाका छन् । जसमध्ये ५२ माओवादी केन्द्रका र १५ एकीकृत समाजवादीका सांसद हुन ।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले २५ र एकीकृत समाजवादीले १२ नगर प्रमुख जितेका थिए । त्यस्तै पालिका अध्यक्ष माओवादी केन्द्रका ९६ र एकीकृत समाजवादीका ११ जना छन् । नगर उपप्रमुखमा माओवादी केन्द्रका ३३ र एकीकृत समाजवादीका ११ छन् । पालिका उपाध्यक्ष माओवादीले ९५ र एकीकृत समाजवादीले १२ स्थानमा जितेको थियो ।  वडाध्यक्षमा माओवादीबाट एक हजार ५३ र एकीकृत समाजवादीबाट २६८ जनाले जितेका थिए ।

समानुपातिकमा कति ?

एकतामा सहभागी नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनाव लडेको थियो । यो चिह्नमा देशभरीबाट ११ लाख ७५ हजार ६८४ मत परेको थियो । जसबाट प्रतिनिधि सभामा उसले १० सिट प्राप्त गयो । तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न नसकेकोले एकीकृत समाजवादीले प्राप्त गरेको दुई लाख ९८ हजार ३९१ मतबाट भने सांसद निर्वाचित भएनन् ।

सात वटै प्रदेशमा गरेर माओवादीले प्रदेश सभातर्फ १७ लाख ६३ हजार ४५ मत पाएको थियो । त्यसबाट ३८ सांसद निर्वाचित भएका थिए ।

नेकपाका नेताहरूले पटक पटक चुनाव लडिसकेको माओवादी केन्द्र र एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीको मतमा भीम रावलको मातृभूमि जागरण अभियान, महेन्द्र राय यादवको नेपाल जनता समाजवादी पार्टी, सुवासराज काफ्लेको  जनसमाजवादी पार्टी, राजु कार्कीको नेकपा (समाजवादी), चिरन पुनको नेपाल कम्युनिष्ट पार्टी, प्रेमबहादुर सिंहको नेकपा (साम्यवादी), कर्णजित बुढाथोकीको नेकपा (माओवादी समाजवादी)सँग मिलेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने बताउने गरेका छन् ।

तर यसको अर्को पक्ष पनि बिर्सन मिल्दैन । २०७९ को निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेर महत्त्वपूर्ण भूमिका खेलेका कतिपय नेताहरू नवगठित नेकपामा अट्न सकेनन् ।

जस्तो माओवादीबाट जनार्दन शर्मा, राम कार्की, सुदन किराँती, गणेश शाह लगायतका नेताहरू बाहिरिए भने र एकीकृत समाजवादीका घनश्याम भुसाल, घनेन्द्र बस्नेत, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले लगायत एकतापछि बनेको पार्टीमा जान चाहेनन् ।

गत निर्वाचनहरूको नतिजा हेरेर आउँदो निर्वाचन यस्तै हुन्छ भन्ने होइन । तर पछिल्लो निर्वाचन परिणामलाई आगामी निर्वाचन प्रक्षेपणको महत्त्वपूर्ण आधारको रुपमा भने लिन सकिने विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘सबै पार्टीको लोकप्रियतामा ह्रास आइरहेका बेला यस्तै हुन्छ भनेर ठोकुवा गर्न त सकिँदैन तर विगतको परिणाम हेरेर आउँदो निर्वाचनको विश्लेषण पक्कै गर्न सकिन्छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More