― Advertisement ―

माइक्रोसफ्टका सह-संस्थापक र पूर्व सीईओ बिल गेट्सद्वारा दिनको उद्धरण: ‘हामी सधैं अर्को दुई वर्षमा हुने परिवर्तनलाई अतिआंकलन गर्छौं र दसमा हुने परिवर्तनलाई कम आँकलन...

बिल गेट्स एक स्ट्यान्ड-आउट टेक्नोलोजी अग्रगामीहरू मध्ये एक हुन्, र उनले धेरै वर्षको लागि माइक्रोसॉफ्ट। जब नयाँ प्रविधिहरू देखा पर्छन्, यो उत्साहित हुनु सामान्य...
HomeLatest newsनयाँ सबुज गण भरतपुरमा राखियो पृथ्वीनारायण शाहको शालिक

नयाँ सबुज गण भरतपुरमा राखियो पृथ्वीनारायण शाहको शालिक



२४ पुस, चितवन । चितवनको भरतपुरस्थित नयाँ सबुज गणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ ।

गण परिसरमा निर्माण गरिएको शालिकको मध्य पृतना हेडक्वाटर कार्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले अनावरण गरेका हुन् ।

नयाँ सबुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार नयाँ सबुज गणको आन्तरिक स्रोत, विभिन्न पूर्व सैनिकहरुको आर्थिक सहयोग तथा नेपाली सेनाकै सकल दर्जाहरुको मेहनतबाट शालिक तयार गरिएको हो । ७ फिट १० इन्च अग्लो उक्त शालिक करिब १ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

पृथ्वीनारायण शाहले विखण्डित बाइसे–चौबिसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपाल निर्माणमा गरेको योगदानको उच्च सम्मान गर्दै नेपाली सेनाले शालिक तयार गरेको गणपति लामाले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More