― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsनन्दन हिमालयन विलोको ब्राण्ड एम्बासडर, सन्दिप जोरालाई केजी स्पोर्ट्सको प्रायोजन

नन्दन हिमालयन विलोको ब्राण्ड एम्बासडर, सन्दिप जोरालाई केजी स्पोर्ट्सको प्रायोजन


राष्ट्रिय

समाचार.

  • हिमालयन विलोले राष्ट्रिय क्रिकेट टिमका मिडियम पेसर नन्दन यादवलाई एक वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।
  • ब्राण्ड एम्बासडर सम्झौताअन्तर्गत हिमालयन विलोले नन्दनलाई क्रिकेट सामाग्री र आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ।
  • केजी स्पोर्ट्सले सन्दिप जोरालाई एक वर्षका लागि प्रायोजन गर्ने घोषणा गरेको छ र हिमालयन विलोले सामाग्री उपलब्ध गराउने छ।

२२ मंसिर, काठमाडौं । केट सामग्री स्टोर हिमालयन विलोले राष्ट्रिय क्रिकेट टिमका सदस्य नन्दन यादवलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । हिमालयन विलोले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै मिडियम पेसर नन्दनलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

हिमालयन विलोका सिइओ तथा को-फाउण्डर प्रदिप यादव र नन्दनले ब्राण्ड एम्बासडर सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि भएको प्रदिप यादवले जानकारी दिए । सम्झौता अनुसार हिमालयन विलोले नन्दनलाई एक वर्षसम्म क्रिकेट सामाग्रीहरु उपलब्ध गराउनुका साथ आर्थिक रुपमा पनि सहयोग गर्ने यादवले बताए । तर रकम भने खुलाइएन ।

यसैगरी नन्दनले आफू पहिलो पटक ब्राण्ड एम्बासडर बनेको र बलरलाई पनि यसरी विश्वास गरेकोमा हिमालयन विलोलाई धन्यवाद दिए ।

ब्राण्ड एम्बासडर बनेपछि नन्दनले खुशी व्यक्त गर्दै यसले आफूलाई अझ राम्रो प्रदर्शन गर्न उत्प्रेरित गर्ने बताए । ‘पहिलो पटक बलरलाई पनि अप्रोच गरेर ब्राण्ड एम्बासडर बनाउनुभएको छ, मलाई विश्वास गर्नुभएको छ । त्यसको लागि हिमालयन विलो टिमलाई धन्यवाद’ नन्दनले भने ।

यस्तै हिमालयन विलोका सिइओ प्रदिप यादवले नन्दनको भविष्य राम्रो देखेर सहकार्य गरेको बताए । ‘नन्दन राम्रो सम्भावना भएको खेलाडी भएकोले हामीले ब्राण्ड एम्बासडर बनाएका हौं । उनले राम्रो प्रदर्शन गरेपछि हाम्रो पनि प्रोमोसन हुन्छ’ प्रदिप यादवले भने ।

यस्तै सोही कार्यक्रममा केजी स्पोर्ट्स ब्राण्डले ब्याटर सन्दिप जोरालाई एक वर्षको लागि प्रायोजन गर्ने घोषणा गरेको छ । हिमालयन विलोसँगको सहकार्यमा केजी स्पोर्ट्सले जोरालाई एक वर्षको लागि प्रायोजन गरेको हो ।

जोरालाई एक वर्षका लागि क्रिकेट सामाग्रीहरु प्रदान गर्ने हिमालयन विलोका सिइओ प्रदिप यादवले जानकारी दिए ।

यस्तै अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्राण्डहरुलाई एकै स्थानमा समेट्ने प्रयास स्वरुप स्थापना भएको हिमालयन विलोको स्टोरको यही डिसेम्बर १५ मा औपचारिक रुपमा शुभारम्भ हुने पनि यादवले जानकारी दिए ।

नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डका क्रिकेट सामाग्रीहरु उपलब्ध भएपनि यसमा ग्याप देखेर आफूहरुले हिमालयन विलोको सुरुवात गरेको र सिधै अन्तर्राष्ट्रिय कम्पनीहरुसँग सहकार्य गरेर सामाग्रीहरु ल्याउने यादवले जानकारी दिए ।

ग्रासरुट क्रिकेटर र प्रोफेसनल क्रिकेटर दुवैलाई मध्यनजर गर्दै क्रिकेटको सामाग्रीहरु नेपालमै उपलब्ध गराउने उनले बताए । काठमाडौंपछि जनकपुर वीरगंजमा पनि स्टोर खोल्ने योजना रहेको उनले जानकारी दिए ।





Read More