― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsनदी किनारा मापदण्डको विवाद टुंग्याउन सर्वोच्च अग्रसर

नदी किनारा मापदण्डको विवाद टुंग्याउन सर्वोच्च अग्रसर


राष्ट्रिय

समाचार.

  • सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमती र सहायक नदीहरूको दायाँबायाँ २० मिटरसम्म संरचना नबनाउने आफ्नै फैसलाबारे ४ माघमा पुनरावलोकनको पेशी तोकेको छ।
  • तीन न्यायाधीशको पूर्ण इजलासले २०५२ सालको रामबहादुर रावलको आयोग प्रतिवेदन, २०२१ र २२ सालको नापीनक्सा र सडक विभागका विवरण मागेको छ।
  • फैसला पुनरावलोकनपछि अदालतले ‘निस्सा हुने’ वा ‘निस्सा नहुने’ आदेश दिनेछ र आवश्यक परेमा मुद्दा शुरुवातदेखि सुनुवाइ हुनेछ।

२५ पुस, काठमाडौं । सर्वोच्च अदालत काठमाडौं उपत्यकाको बागमती र त्यसका सहायक नदीहरूको दायाँबायाँ २० मिटरसम्म कुनै संरचना बनाउन नदिने आफ्नै फैसलाबारे तत्काल निर्णयमा पुग्ने भएको छ ।

तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले विहीबार केही कागजातहरू मगाई ४ माघमा पुनरावलोकन निवेदनको पेशी तोक्नु भनी आदेश दिएको हो ।

२० साउन २०७६ मा सर्वोच्च अदालतले बागमती र सहायक नदीहरूका दायाँबायाँ २० मिटर सीमा कायम गर्न सरकारलाई आदेश दिएको थियो । त्यसैलाई आधार मानी सर्वोच्च अदालतले अर्को फैसला पनि गरेको थियो ।

त्यो फैसला त्रुटिपूर्ण रहेकाले सच्याउनुपर्ने माग राखी सरकारले नै सर्वोच्च अदालतमा निवेदन दिइएको थियो । त्यही निवेदनमाथि अध्ययनपछि तीन सदस्यीय इजलासले ४ माघमा पेशी तोक्दै केही महत्वपूर्ण कागजात झिकाउन आदेश दिएको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले १ मंसीर २०६५ मा तत्कालीन सरकारले गरेको निर्णय मगाउन आदेश गरेको छ । त्यतिबेला सरकारले काठमाडौं उपत्यकाको बागमती र सहायक नदीको दायाँबायाँ छाड्नुपर्ने भनी दूरी बारे निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले २०२१ र २२ सालमा काठमाडौं उपत्यकाका नदीहरूको बहाव क्षेत्र स्पष्ट देखिने सर्वेको नापीनक्सा पनि मगाउन आदेश दिएको छ ।

काठमाडौं उपत्यकाको सरकारी जग्गामा भएको अनियमितता, नदीनालाको जग्गा अतिक्रमणबारे अध्ययन गर्न २०५२ सालमा रामबहादुर रावलको नेतृत्वमा जाँचबुझ भएको थियो । सर्वोच्च अदालतले रावल आयोगको प्रतिवेदन पनि मगाउन आदेश गरेको छ ।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सडक करिडोरहरूको अवस्थाबारे समेत विवरण र नक्सा झिकाउन अदोश गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभागले एक दशकयता काठमाडौंका बागमती, धोबीखोला, विष्णुमती लगायतका खोला छेउछाउ करिडोर सडक निर्माण गरेका छन् ।

सर्वोच्चले ती सडक निर्माण गर्दा कसरी नदीको सीमा निर्धारण गरिएको हो र कुन सडक नदीबाट कति दूरी र सीमामा छन् भन्ने विवरण मागेको छ ।

सर्वोच्च अदालतले उपत्यकाका नदीनालामा तटबन्ध र पर्खाल निर्माण गर्दा बहावलाई कति छोडिएको छ भन्नेबारे समेत विवरण मगाएको छ । त्यससम्बन्धी कुनै मापदण्ड वा निर्णय भए त्यो पनि पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आदेश दिएको छ ।

सर्वोच्चले काठमाठौंको बागमती र अरू सहायक नदी किनाराको सीमाङ्कन गरेको भए के कस्ता आधारमा ती मापदण्ड बनाइएका हुन् भनी विवरण मगाएको छ ।

मगाइएका विवरणहरू प्राप्त भएपछि सर्वोच्च अदालतको अर्को पूर्ण इजलासले माघ ४ (आगामी आइतबार) मा फेरि पुनरावलोकनको निवेदनमाथि अध्ययन गर्नेछ ।

त्यसपछि फैसला पुनरावलोकन हुनुपर्ने आवश्यकता देखेमा ‘निस्सा हुने’ आदेश गर्नेछ । अनि त्यो फैसला कायम हुने ठम्याएमा ‘निस्सा नहुने’ आदेश गर्नेछ । ‘निस्सा हुने’ आदेश गरेमा त्यो मुद्दाको शुरुवातदेखि नै सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले असार २०८१ मा काठमाडौं उपत्यकाको सभ्यता र संस्कृतिको संरक्षणका लागि बागमती र त्यसका सहायक नदीहरूलाई स्वच्छ र स्वस्थ राख्नुपर्ने भनी विभिन्न निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

१३ वर्ष पुरानो रिट निवेदनमाथि सम्बोधनपछि सर्वोच्चले बाग्मती र त्यसका सहायक नदी र खोलाको दाँयाबाँया न्यूनतम २० मिटर खुला छाड्नुपर्ने व्यवस्था कार्यान्वयन गर्नु भनेको थियो । अनि सीमा अतिक्रमण गरी कुनै संरचना बनेको भए त्यसलाई पनि हटाउनुपर्ने आदेश गरेको थियो ।

सर्वोच्च अदालतको उक्त आदेशपछि उपत्यकाका कतिपय रैथाने बासिन्दा र नदी तथा खोला किनारामा जग्गा हुनेहरूले विरोध गर्दै फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

फैसलापछि तत्कालीन सरकारले नै पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको थियो । त्यही निवेदन विहीबार पूर्ण इजलासमा पेशीमा चढेको थियो, जसलाई तीन न्यायाधीशले अध्ययन गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More