― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
HomeLatest newsनटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ – KhabarHost

नटराजन बने काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटका लागि देव्रहाते फास्ट बलर नटराजन साहलाई आइकोनिक खेलाडी घोषणा गरेको छ।
  • ट्यालेन्ट हन्टमा झन्डै १ हजार खेलाडी सहभागी भएर नटराजनसहित १७ खेलाडी काठमान्डु गोर्खाजले छनोट गरेको छ।
  • नटराजनले एनपीएल खेल्ने र १ लाख रुपैंया पारिश्रमिक पाउने जानकारी क्यान सचिव पारस खड्काले दिएका छन्।

१९ कात्तिक, काठमाडौं । नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।

मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।

विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेका युवा नटराजन त्यसबाट उत्कृष्ट खेलाडी बनेका थिए । प्रशिक्षक शाही, दक्षिण एसियाली खेलकुदमा करातेबाट दोहोरो स्वर्ण पदक जितेका एवंम काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर मन्देकाजी श्रेष्ठ र वागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले नटराजनलाई गोर्खाजको जर्सी प्रदान गर्दै ‘आइकोनिक खेलाडी’ बनेको घोषणा गरेका थिए ।

नटराजनले अव काठमान्डु गोर्खाजको टोलीबाट एनपीएल खेल्ने छन् । उनले त्यसवापत १ लाख रुपैंया पारिश्रमिक पाउने छन् ।

दोस्रो चरणको ६० खेलाडीबाट काठमान्डु गोर्खाजले नटराजनसहित कुल १७ खेलाडी छनोट गरेको थियो । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ । अथर्व पौडेल, शार्दुल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डेभलपमेन्टबाट छनोट गरेको हो ।

डेभलपमेन्ट टोलीका प्रत्यके खेलाडीलाई जनही २५ हजार प्रदान गरिने र उनीहरुले एनपीएल भरी गोर्खाजको टोलीमै रहेर प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जनाए ।

डेभलपमेन्ट टोलीलाई काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर नेपाली फुटबल टोलीका सदस्य विकेश कुथु, भलिबलकी राष्ट्रिय खेलाडी पुनम चन्द, होटल ब्यवसायी संघका सचिव अनिश बाँनिया, वानडे क्रिकेट एकेडेमीका सञ्चालक पुरुषोत्तम झाले सम्मान गरेका थिए ।

त्यस्तै क्रिकेटका अन्य गतिविधि गर्न गोर्खाजले ट्यालेन्ट हन्ट ११ टोली बनाएको छ । यो टोलीमा चन्द्रकान्त पौडेल, सार्थक धिताल, आदर्श भण्डारी, सागर घिमिरे, गणेश गौतम, सौरभ साखकर्मी, दीवश क्षेत्री, नितेश कुमार, राकेश चौरसिया, दीवश कुँवर र युगान्त कार्की छनोट भएका छन् ।

यसअघि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बलिङ, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले ब्याटिङ र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले बलिङ गर्दै ट्यालेन्ट हन्ट कार्यक्रममा सुरुआत गरेका थिए ।

क्यान सचिव पारस खड्काले १२ दिन बाँकी रहेको समयमा एनपीएलको तयारी तीव्र गतिमा भइरहेको र यसले नेपाली क्रिकेटलाई मजबुत बनाउने बताए ।

उद्घाटन समारोहमा क्यान सदस्य सुदीप शर्मासहित भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम पूर्व राष्ट्रिय खेलाडी मनीषराज पाण्डे, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठ लगायतले एनपीएलले खेलाडीलाई ठुलो अवसर बनाइदिइरहेको जनाएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More