― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
HomeLatest news‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने – KhabarHost

‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय नाचघरमा ८ फागुनमा धीरज राईको ३० वर्षे सांगीतिक करिअर मनाउँदै एकल कन्सर्ट आयोजना हुने भएको छ।
  • लायन्स क्लब अफ एभरेस्ट बुद्ध जन्मभूमीले आयोजना गर्ने कन्सर्टमा ८५० जना सहभागी हुने अपेक्षा गरिएको छ।
  • कन्सर्टबाट संकलित रकम सिर्जनशिल बाल सेवा परिवार गोठाटारलाई सहयोग गरिने आयोजकले जानकारी दिएका छन्।

काठमाडौं । राष्ट्रिय नाचघरमा ‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने भएको छ । पपगायक राईको सांगीतिक करिअर ३० वर्ष पुगेको छेकोमा कार्यक्रम हुन लागेको हो ।

लायन्स क्लब अफ एभरेस्ट बुद्ध जन्मभूमीले शुक्रबार, ८ फागुनमा कन्सर्ट आयोजना गर्न लागेको हो । ८५० जना सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा व्यवसायी सञ्जय खेतान, व्यवसायी, बार एसोसिएसनका पदाधिकारी, नगर प्रमुखहरू, डिस्ट्रिक्ट गभर्नरसहितका लायन्स पदाधिकारी सहभागी हुने अपेक्षा छ ।

‘सिर्जनशिल बाल सेवा परिवार’ गोठाटारको सहयोगार्थ हुने कन्सर्टमा गायक राईले लाइभ बाजासहित प्रस्तुति दिन लागेको आयोजकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राई सन् १९९० का चर्चित पपगायक हुन् । ‘द मूभ’ ब्याण्डबाट सांगीतिक करिअर थालेका राईले पहिलो गीतको रुपमा ‘लुकी लुकी’ गीतको रेकर्ड गरेका थिए ।

उनको संगीत शैली परम्परागत नेपाली संगीत र समकालीन पप र रक तत्वहरूको एक अद्वितीय मिश्रण हो, जसले गर्दा उनको संगीतले व्यापक श्रोतालाई आकर्षित बनाउँछ । उनका गीत प्रायः प्रेम, आशावाद र जीवनको उत्सवका विषयवस्तुमा केन्द्रित हुन्छन् ।

उनका चर्चित गीति एल्बममा प्रेमी, पृथक, फ्रिडम र बुद्ध बोर्न इन नेपाल छन् । उनका चिनिएका गीतहरूमा “तिमी रुँदा’, “मिस्ट्रियस गर्ल’, “तिम्रा नयन’, “शेक इट शेक इट’ र “हिमाल नझुके सम्म’ का अनप्लग्ड संस्करण समावेश छन् । प्रशंसक उनलाई ‘स्टेज किङ’ पनि भन्छन् ।

राईले “बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने सन्देशलाई प्रवर्धन गर्न र देशका सम्पदाको वकालत गर्न विश्व भ्रमण पनि गरेका छन् ।

राईका गीतहरू सुन्नुहोस :

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More