― Advertisement ―

‘ह्याक गरिएको’: ह्याकरले Seiko USA वेबसाइटलाई बिगार्छ र ‘पूरा ग्राहक डाटाबेस’ को चोरीको दाबी गर्छ – यहाँ हामीलाई थाहा छ

सेइको यूएसएड वेबसाइट आक्रमणकारीहरूले Shopify ब्याकएन्ड उल्लङ्घन दाबी गर्छन्धम्की अभिनेताहरूले पूर्ण ग्राहक डाटाबेसको चोरीको आरोप लगाउँछन्, 72 घण्टा भित्र फिरौती माग्छन्अहिलेसम्म कुनै डार्क वेब...
HomeLatest newsधनकुटा पुगे बालेन, गाडीबाट ओर्लिएनन् – KhabarHost

धनकुटा पुगे बालेन, गाडीबाट ओर्लिएनन् – KhabarHost



१० माघ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्केका छन् ।

शनिबार धनकुटाको भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भएको थियो ।

तर, अन्तिम समयमा कार्यव्यस्तताका कारण स्थगन गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।

भीमनारायण चोकमा उनले गाडीबाट नओर्ली झ्यालबाटै केही बेर कार्यकर्ता र समर्थकसँग हात मिलाएका थिए । रास्वपा धनकुटाले बालेनको आगमनलाई लिएर केही दिनअघिदेखि प्रचार गरे पनि उनी सदरमुकाममा गाडीबाट ओर्लिएनन् ।

दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना गरिने आमसभामा सहभागी हुनुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालले जानकारी दिए ।

उनका अनुसार, आसन्न निर्वाचन अघि कुनै एक दिन बालेनको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिनेछ । बालेनले फेरि आउने प्रतिबद्धता व्यक्त गरेको दाहालले बताए ।

यसअघि उनले इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई भेट गरेका थिए । शनिबार बिहान धनकुटा सदरमुकाम आउनुपूर्व बालेनले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए ।

झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् । जिल्लास्तरिय कार्यकर्ताले सामाजिक सञ्जालमा पाख्रिबास बजार र धनकुटा बजारमा व्यापक प्रचार गरिएको थियो ।

पाख्रिबासको कार्यक्रमको तयारी पूरा भएपनि शाह पाख्रिबास नै गएनन् । यस्तै, धनकुटाको भीमनारायण चोकबाट मदन चोकसम्म पैदल यात्राको कार्यक्रम तय गरिएपनि शाह सवारीबाट ओर्लिएनन् ।

बिहीबार रास्वपा धनकुटाका कार्यकर्ताले शुक्रबार र शनिबार धनकुटामा बालेन आउने कार्यक्रमको प्रचार गरेका थिए । यस्तै शुक्रबार फेरि उनै कार्यकर्ताले शनिबार बिहान १० बजेको कार्यक्रम सुरु हुने प्रचार गरेका थिए ।

केही समयपछि तीनै कार्यकर्ताले कार्यक्रम दिउँसो २ बजेको सुचना सामाजिक सञ्जालमा जारी गरेका थिए । तर, सूचना जारी गर्ने कार्यकर्ता नै शाह धनकुटा आउँदा कार्यक्रम कताबाट के हुने भन्ने बारेमा अनभिज्ञ रहेका थिए ।

रास्वपा धनकुटा सभापति दाहालले शाहको विशेष कामले विराटनगर नपुगी नहुने भएकाले धनकुटाको कार्यक्रम रद्द भएको जानकारी दिए ।

बालेन केहीबेरअघि इटहरी पुगिसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More