― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsधनकुटामा एक जना मात्रै जेनजी उम्मेदवार – KhabarHost

धनकुटामा एक जना मात्रै जेनजी उम्मेदवार – KhabarHost



धनकुटा, ९ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि आगामी फागुन २१ गते निर्वाचन हुँदैछ। गत भदौ २३ र २४ गते भएको जेनजी उमेर समूहको आन्दोलनका कारण निर्वाचन हुन लागेको हो।

नेपालको राजनितिमा पाका पुस्ताले मात्रै रजाँइ गरे अब युवाले नेतृत्व गर्नुपर्छ भन्ने जेनजी आन्दोलनको मर्म थियो भन्दा फरक नपर्ला। अझ जेनजी समूहका युवाले नेतृत्व लिनुपर्छ भन्ने आन्दोलनको माग पनि थियो।

जेनजी समूह भनेको अहिले १२ देखि २८ वर्ष उमेर समूहलाई भन्ने गरिन्छ। यसरी हेर्दा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाट १ सय ५७ जेनजी उमेर समूहकाले उम्मेदवारी दिए पनि धनकुटामा एक जना मात्रै जेनजीको उम्मेदवारी परेको छ।

धनकुटामा उम्मेदवारी दिएका १८ जनामध्ये राष्ट्रिय परिवर्तन पार्टीका शालिक राम राई मात्रै जेनजी उमेर समूहका रहेका छन्। राई २५ वर्षका रहेको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

राईबाहेक अन्य उम्मेदवार ३० वर्षदेखि माथिका ६५ वर्षसम्मका रहेका छन्। राष्ट्रिय परिवर्तन पार्टीका राई २५ वर्षका हुन भने सबैभन्दा बढी उमेरका ६५ वर्षका नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल रहेका छन्।

धनकुटामा उम्मेदवार रहेकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा ३० वर्षका, मंगोल नेशनल अर्गजानइजेशनका सागर राई र स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जन ३१/३१ वर्षका, आम जनता पार्टीका प्रेमबहादुर थापा ३४ वर्षका, जनता समाजवादी पार्टीका निशान राई ३५ वर्षका, स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ ३६ वर्षका रहेका छन्।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली ३७ वर्षका, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र नेकपा माओवादीका रविन कुमार राई ३७/३७ वर्षका, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी ४० वर्षका, नेपाली कांग्रेशका दिनेश राई ४५ वर्षका र श्रम संस्कृति पार्टीका सानबहादुर राई ४६ वर्षका रहेका छन्।

यता जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू ५० वर्षका, स्वतन्त्र उम्मेदवार जितेन्द्र राई ५४ वर्षका, स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देन ५७ वर्षका, नेकपा एमालेका राजेन्द्र राई ५९ वर्षका र नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल ६५ वर्षका रहेका छन्।

धनकुटामा १४ जनाले दलबाट र ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसरी उम्मेदवारी दिएकामा अघिल्लो प्रतिनिधी सभामा रहेका ठूला दलले धनकुटाबाट जेनजीलाई उम्मेदवार बनाएका छैनन्।

ठूला दलले धनकुटाबाट ४० वर्ष माथिकालाई मात्रै उम्मेदवार बनाएका छन्। ४० वर्षसम्मका युवा भन्ने गरिएपनि नेपाली कांग्रेश, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीले धनकुटाबाट युवालाई उम्मेदवारी नदिएका हुन्। यी बाहेक अन्य १४ राजनितिक दलले भने ४० वर्ष सम्मकालाई उम्मेदवार बनाएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ।

नेपालको संविधान २०७२ अनुसार प्रतिनिधीसभामा उम्मेदवार दिन कम्तीमा २५ वर्ष उमेर पुगेको हुनुपर्छ। त्यसैले जेनजी उमेर समूहका २५ देखि २८ वर्षका मात्रै उम्मेदवार बन्न पाउँछन्। सन १९९६ साल देखि २०१२ सम्म जन्मिएको उमेर समूह जेनजी भएपनि सन् २००० साल वा सो भन्दा अगाडि जन्मेका मात्रै उम्मेदवारका लागि योग्य हुने संविधानमा व्यवस्था रहेको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More