― Advertisement ―

मैले Amazfit T-Rex 3 Pro लाई चार-तारे मूल्याङ्कन दिएँ – र यहाँ किन म यसलाई Apple Watch Ultra 3 को आधा मूल्यमा किन्न चाहन्छु।

मैले भर्खरै Amazfit T-Rex 3 Pro को परीक्षण समाप्त गरेको छु र यसको लामो ब्याट्री जीवन, निर्मित GPS, र अफलाइन नक्साहरूको लागि समर्थनबाट प्रभावित...
HomeLatest newsदेउवा कांग्रेससँग फेसबुक, गगनसँग एक्स – KhabarHost

देउवा कांग्रेससँग फेसबुक, गगनसँग एक्स – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेस बुधबारदेखि दुई समूहमा विभाजन भएको छ, जसमा शेरबहादुर देउवा र गगन थापाको नेतृत्व रहेको छ।
  • देउवा नेतृत्वको कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
  • पार्टीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा कारबाही निर्णय पोस्ट गरिएको छ भने गगन नेतृत्वको कांग्रेसले एक्स सामाजिक सञ्जालमा विशेष महाधिवेशनको सूचना राखेको छ।

१ माघ, काठमाडौं । नेपाली कांग्रेस बुधबारदेखि विभाजन भएको छ । एउटा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र अर्को बुधबार सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वको ।

दुवैले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् । देउवा कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

त्यतिमात्रै होइन पार्टीको आधिकारिक वेबसाइटबाट उनीहरूको तस्बिर र नाम पनि हटाइएको छ । उता सामाजिक सञ्जाल फेसबुक पनि देउवा कांग्रेसको पहुँचमा छ । सोहीकारण थापासहितलाई कारबाही गरिएको निर्णय त्यहाँ पोस्ट गरिएको छ ।

यता गगन नेतृत्वको कांग्रेसको पहुँचमा एक्स छ । त्यहाँ विशेष महाधिवेशनको सूचनाहरू राखिएको छ ।





Read More