― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsदुर्गा प्रसाईं – KhabarHost

दुर्गा प्रसाईं – KhabarHost



७ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्नका लागि पनि आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेको बताएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट आइतबार थुनामुक्त भएपछि प्रसाईंले आफ्नो समूहलाई सरकारले वार्ता गरी कुरा सुनेकोमा धन्यवाद दिए । प्रसाईं समूहसँग शनिबार बालुवाटारमा तत्काल आन्दोलन रोक्ने सहमति भएको थियो ।

‘सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा भयो । उहाँहरूले ३ घण्टा समय दिएर कुरा गर्नुभयो । त्यसैले एकपल्ट उहाँहरूको वचन पनि राखौं भनेर हाम्रो टीमले आन्दोलनको मोडल फरक पार्‍यो,’ उनले भने, ‘पहिलेको सरकारले त्यति पनि समय दिएको थिएन ।’

उनले अहिले मुलुक अप्ठेरो अवस्थामा भएको बेला आन्दोलनमा कसैले घुसपैठ गर्ला कि भन्ने कुरा आएपछि आफूहरूले आन्दोलनको स्वरूप फेर्ने निर्णय गरेको बताए । ‘१५ दिनका लागि पर्खिदिनुहोस् भन्ने कुरा भएपछि हामीले पनि त्यो कुरा सुनेका हौ,’ उनले भने ।

प्रसाईं समूहले ७ मंसिरदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो ।

त्यसपछि प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । आदेशमा पनि सम्झौताको प्रसंग उल्लेख थियो ।

आदेशमा भनिएको छ, ‘२०८२।५।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More