― Advertisement ―

Quad 6K, 120Gbps, र 26 पोर्टहरू: Mac को लागि iVANKY FusionDock Ultra भेट्नुहोस्

UVANCK UVACK डेस्कटप वर्कस्टेशन डकमा 26 पोर्टहरूचार बाह्य 6K डिस्प्लेहरू मिल्दो Apple Silicon Macs मा नेटिभ रूपमा चल्न सक्छन्120Gbps सम्म ब्यान्डविथले डिस्प्ले-केन्द्रित व्यावसायिक कार्यप्रवाहहरू...
HomeLatest newsदुर्गा प्रसाईं समूहले गर्‍यो आन्दोलन फिर्ता, सरकारसँग सहमति

दुर्गा प्रसाईं समूहले गर्‍यो आन्दोलन फिर्ता, सरकारसँग सहमति



६ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।

बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो ।

वार्ताका लागि उक्त समुहका सदस्तहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए ।

सो क्रममा भोलिको आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको पनि जनाइएको छ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाई थिए ।

प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More