― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsदुर्गम क्षेत्रका मतदानस्थलको निरीक्षण – KhabarHost

दुर्गम क्षेत्रका मतदानस्थलको निरीक्षण – KhabarHost



८ माघ, बैतडी । बैतडीको दुर्गम क्षेत्रका मतदानस्थलहरुको निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतितिनिधी सभा सदस्य निर्वाचनको समयमा सुरक्षा योजना लागू गर्न मतदानस्थलहरुको निरीक्षण गरिएको हो ।

मतदाताहरुलाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभुत हुने गरी सुरक्षा योजना लागू गर्न सुरक्षा समितिका पदाधिकारीसहित मतदानस्थलहरुको अवलोकन र निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले जानकारी दिए ।

‘निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सबै मतदानस्थलको निरीक्षण गरिएको हो’, प्रजिअ पौडेलले भने, ‘दुर्गम क्षेत्रलाई उच्च प्राथमिकतामा थियो । निरीक्षण पछिको प्रतिवेदनसमेत तयार भसकेको छ ।’

सुरक्षाका दृष्टिकोणले यहाँका मतदानस्थलहरुको वर्गिकरण गरेर सुरक्षा योजना तयार भैसकेको प्रमुख जिल्ला अधिकारी पौडलले बताए ।

यहाँका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।

प्रतिनिधि सभाका लागि एक निर्वाच क्षेत्र रहेको बैतडीमा दुई स्वतन्त्र ग।ी १२ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहे जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए ।

२१ फागुनमा हुने निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका उनले बताए । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

-कृष्ण बिष्टबाट





Read More