― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsदुई महामन्त्रीले निष्क्रिय हुनुस् भन्दा देउवाले मुन्टो हल्लाए, जवाफ दिएनन्

दुई महामन्त्रीले निष्क्रिय हुनुस् भन्दा देउवाले मुन्टो हल्लाए, जवाफ दिएनन्



३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ ।

देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै छलफलका लागि बोलाएका थिए ।

देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए ।

‘२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा जसरी आउनुभएको थियो, यसबाट तपाईंको सम्मान बढेकै थियो । फेरि किन सक्रिय हुनुभयो ? यसले सम्मान बढाउँदैन । तपाईं निष्क्रिय हुनुस्,’ देउवालाई गरिएको आग्रहबारे महामन्त्रीहरूले भने  ।

उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो ।

सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।

विशेष महाधिवेशन पक्षधरका अनुसार हिजो वार्ता टोलीसँग भएको सहमतिबाट समेत सभापति देउवा पछि हटेका कारण दुई महामन्त्री वार्ता छोडेर निस्किएको र अब निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More