― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsदुई तिहाइको दम्भले हेलिकोप्टर चढेर भाग्नु पर्दा पनि चेत आएन – KhabarHost

दुई तिहाइको दम्भले हेलिकोप्टर चढेर भाग्नु पर्दा पनि चेत आएन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेर मात्रै केही नहुने र दुई तिहाइ बहुमत हुँदा पनि ओली हेलिकोप्टर चढेर भाग्नु परेको बताए।
  • प्रचण्डले १५ वाम घटकबीच साम्राज्यवादी विरुद्ध र जनताको पक्षमा लड्न एकता भएको दाबी गर्नुभयो।
  • एमाले अध्यक्ष ओलीले प्रचण्डलाई जेनजी आन्दोलन विध्वंसको योजनाकार भनेको आरोपप्रति प्रचण्डले प्रतिवाद गर्नुभयो।

१३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेरै मात्रै केही नहुने बताएका छन् ।

दुई तिहाइ बहुमत हासिल गर्दा पनि हेलिकोप्टर चढेर भाग्नु परेको भन्दै उनले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरे ।

दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘चुनाव जितेर मात्रै केही हुँदो रहेनछ, चुनाव मात्रै जितेर मात्र हुन्थ्यो त भने त कांग्रेस र एमालेको दुई तिहाइ थियो नि अस्तिको संसद्मा, के नाप्यो त्यो दुई तिहाइले ? भाग्न पर्‍यो, हेलिकप्टर चढेर भाग्नु पर्‍यो ।’

साम्राज्यवादी विरुद्ध लड्न र जनताको पक्षका मुद्दामा लड्न १५ वाम घटकबीच एकता भएको उनको दाबी छ ।

उनले विगतमा पनि आफूले संसदमा दुई तिहाइको घमण्ड नगर्न तत्कालीन कांग्रेस–एमाले गठबन्धनको सरकारलाई सचेत गराएको स्मरण गराए ।

‘सदनको रोस्टमबाट भनेको थिएँ तपाईंहरूलाई दुई तिहाइको घमण्ड छ, जनता तपाईंहरूसँग रुष्ट भइसक्या छ, तपाईंहरूले भ्रष्टाचारीहरूलाई बचाउँदै हुनुहुन्छ,’ प्रचण्डले भने ।

आफू नेतृत्वको सरकारले जनताको हकका लागि र भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट हटाइएको दाबी गरे ।

‘हामीले भ्रष्टाचारका विरुद्ध लडाइँ लड्दा, सामाजिक न्यायका पक्षमा लड्दै गर्दा, सबै समुदायको हक अधिकारको कुरा तपाईंहरूले हामीलाई सरकारबाट हटाउनु भएको छ, नेपाली जनताले नजिकबाट हेरिराखेको छ, तपाईंहरूलाई कुनै दिन जनताले यहाँबाट लखेट्नेछन् भनेको थिएँ, नभन्दै त्यही भयो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको विध्वंसको योजनाकार प्रचण्ड भएको भनी लगाएको आरोपको उनले प्रतिवाद गरे ।

उनले भने, ‘मिस्टर केपी ओलीले आजभोलि प्रचण्डले नै हो यो सबै गराएको भन्ने गरेका छन्, त्यो उनीहरूको कुकर्मले गर्दा यस्तो भयो भन्ने चेतना अझै उनलाई आएको छैन, त्यो दम्भ अझै हटेको छैन ।’





Read More