― Advertisement ―

विश्व कप ज्वरोले भरपर्दो जडानको खोजीमा लाखौंलाई पठाएझैं AT&T ले $3 दैनिक iPad डाटा योजना घटाउँछ

यसको AT&T डेटा खोल्नको लागि AT&T को सदस्यता खोल्नुहोस्। आधार।विश्व कप दर्शकहरूले जोडिएको रहन नयाँ तरिका प्राप्त गर्छन्।सेवाले सीधा समर्थित iPad eSIM सेटिङहरू मार्फत...
HomeLatest newsदिल्ली आइपुग्न लागे पुटिन, मोदीले विमानस्थलमै स्वागत गर्ने

दिल्ली आइपुग्न लागे पुटिन, मोदीले विमानस्थलमै स्वागत गर्ने


फाइल फोटो


राष्ट्रिय

समाचार.

  • रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि मस्कोबाट प्रस्थान गरेका छन्।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमै पुटिनलाई स्वागत गर्ने तयारी गरेका छन्।
  • पुटिनको भ्रमणमा भारत–रूसबीच ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ।

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि मस्कोबाट प्रस्थान गरेका छन् । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी छ ।

यसलाई भारतले पुटिनको भ्रमणलाई दिइएको उच्च प्राथमिकताको संकेतका रूपमा लिइएको छ । प्रधानमन्त्रीस्तरको विशेष प्रोटोकल विमानस्थलमा लागू गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युक्रेनविरुद्धको युद्ध सुरु भएपछि पहिलो पटक पुटिन भारत भ्रमणमा आउन लागेका हुन् । भारतीय समय अनुसार पुटिन बिहीबार साँझ ६:३० बजेसम्म दिल्ली ओर्लिनेछन् ।

पुटिनको स्वागतमा मोदीले बिहीबार साँझ भोज आयोजना छन् । पुटिन बिहीबारदेखि करिब ३० घण्टा भारतमा रहनेछन् । भारत–रूसबीच रणनीतिक सम्बन्ध स्थापित भएको २५ वर्ष पूरा भएको सन्दर्भ पारेर पुटिन दुई दिने भारत यात्रामा निस्किएका छन् ।

भ्रमण टोलीमा पुटिनसँगै उच्चस्तरीय मन्त्रीस्तरीय टोली पनि भारत आउँदैछन् ।

उनको टोलीमा रक्षा मन्त्री आन्द्रेइ बेलोउसफ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, कृषि मन्त्री ओक्साना लुट, आर्थिक विकास मन्त्री म्याक्सिम रेस्निकोभ, स्वास्थ्य मन्त्री मिखाइल मुर्शाको, गृह मन्त्री भ्लादिमिर कोल्कोल्त्सेभ र यातायात मन्त्री रोमन निकितिन रहेका छन् ।

सन् २००० अक्टोबरमा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पुटिनले दुई देशको रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । पुटिनको भ्रमणका दौरान भोलि शुक्रबार भारत र रूसबीच ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ ।

मोदी र पुटिनबीच यसअघि गत सेप्टेम्बर १ मा चीनको तिआनजिनमा भएको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका बेला भेट भएको थियो । प्रत्यक्ष भेट वार्ता कम भएपनि सन् २०२५ मा मात्रै मोदी र पुटिनबीच कम्तीमा पाँच पटक टेलिफोनमा संवाद गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More